back

कविता : नारी जागौँ

वि.सं.२०८० माघ २७ शनिवार

510 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

कल्पना भट्टराई, टोखा, काठमाडौं

नारी बने शिक्षित सभ्य पात्र,
बन्दैन हाम्रो घर गाउँ मात्र ।
बन्नेछ यो देश र विश्व सारा,
बनौँ सबैका गतिला सहारा ।१।

विकासका निम्ति उठौं जुटेर,
देखाउनै पर्छ सिँढी चढेर ।
भित्रै छ ऊर्जा बल झिक्नुपर्छ,
सिक्ने कुरा दोब्बर सिक्नुपर्छ ।२।

हिंसा बलात्कार बढी रहेका,
भोग्नेहरू छन् बिचरा बनेका ।
गिर्दो छ उद्योग र अर्थतन्त्र,
सहिष्णुताको जग मूलमन्त्र ।३।

खोज्नैछ हाम्रो पहिचानलाई,
रोज्नैछ साँचो शुभ मार्गलाई ।
हुँदैन लाछी अब बन्न हामी,
आऊन् चुनौती जति नै सुनामी ।४।

बनेर काली अनि उग्रचण्डी,
सखाप पारौँ जति छन् शिखण्डी ।
पाता कसौँ हुन् शठ दुर्दुहाई,
वर्चस्व थामौँ गरिमा बढाई ।५।

यो देशको उन्नति तर्फ लाग्न,
नारी तुरुन्तै अब पर्छ जाग्न ।
छन् गन्दगी जे सब फाल्नु पर्छ,
सयौँ समस्या जति बाल्नु पर्छ ।६।

कर्तव्य के हो त्यस तर्फ लागौँ,
सुत्ने हुँदै होइन शीघ्र जागौँ ।
धर्ती उज्यालो अब पार्नु पर्छ,
निशा, अध्यारा सब झार्नु पर्छ ।७।

आमा बिरामी रहँदा थलामा,
अड्किन्छ जो सास गई गलामा ।
बचाउनै पर्छ मिलेर नारी,
दिलाउने हो दरिलो छहारी ।८।

छन्द : उपजाति

पद्यका चार पाउमध्ये कुनै एक पाउ वा दुई– तीन पाउ उपेन्द्रवज्राका वा इन्द्रवज्राका भएर एक श्लोक पूरा भयो भने त्यसलाई ‘उपजाती’ छन्द भनिन्छ । यसरी ‘इन्द्रवज्रा’ र ‘उपेन्द्रवज्रा’ मिसिएको वा पहिलो अक्षर मात्रा फरक (जगण वा तगण) हुने मिश्रित छन्दको नाम हो – उपजाती । यसमा पाँच अक्षरमा विश्राम हुन्छ र लय–ताल पनि उस्तै हुन्छ ।

 

वि.सं.२०८० माघ २७ शनिवार ०७:२५ मा प्रकाशित

नेपाल-भारत साहित्य महोत्सव पाँचौ संस्करण पोखरामा सम्पन्न

नेपाल-भारत साहित्य महोत्सव पाँचौ संस्करण पोखरामा सम्पन्न

पोखरा, कास्की । नेपाल भारत साहित्य महोत्सव पाँचौ संस्करण २०८०...

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...