back

बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा चार सिँचाइ योजना अलपत्र

वि.सं.२०८० माघ २९ सोमवार

231 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner
तनहुँ । बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन् । योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।
व्यास नगरपालिका-५ को साँघे पतेनी सिँचाइ योजना, बन्दीपुर गाउँपालिका-३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ गाउँपालिका-५ को अठारबिसे र व्यास-५ को याम्दी खोला चापटार लिफ्ट योजना रहेका छन् । गत वर्ष बजेट विनियोजन भए पनि यस वर्ष बजेट विनियोजन नहुँदा निर्माण कार्य प्रभावित भएको सिँचाइ विकास डिभिजन कार्यालयका इञ्जिनियर एवं सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए ।
रु ५८ लाख निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको उनले बताए । बजेटका कारण निर्माणधीन योजनाको कार्य अघि बढाउन नसक्दा सिँचाइ कार्य प्रभावित बनेको छ । “भौगोलिक विकटताका कारण अधिकांश स्थानमा पानीको स्रोत नहुँदा सिँचाइ योजना महँगो हुने गरेको छ”, उनले भने, “अधिकांश पाखोबारी बाँझो रहेकाले सिँचाइको पहुँच पु¥याइ स्थानीयको जीवनस्तरमाथि उकास्ने लक्ष्य रहेको छ ।”
विशेषगरी मुख्य योजनाका रुपमा दुई योजना रहेका छन् । व्यास-१० को नारेश्वर ताल जलाशय योजनाका लागि रु एक करोड ९४ लाखमा ठेक्का लागेको छ । त्यसैगरी शुक्लागण्डकी नगरपालिका-९ मा बस्ती संरक्षणका लागि रु एक करोड ८९ लाख बजेट विनियोजन गरिएको छ ।
गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारबाट विनियोजित बजेटबाट गत वर्ष एक सय ४३ योजनामध्ये ८६ योजना निर्माण सम्पन्न भएका छन् । स्रोत सुनिश्चितता भई ठेक्का प्रक्रियाबाट काम भइरहेका योजनाका लागि कम बजेट विनियोजन हुँदा निर्माण कार्य प्रभावित हुने गरेको सूचना अधिकारी चापागाईंले जानकारी दिए ।
रासस/फाइल फोटो

वि.सं.२०८० माघ २९ सोमवार १६:३९ मा प्रकाशित

अधिवक्ता तथा बाम बुद्धिजीवी भण्डारीलाई मातृशोक

अधिवक्ता तथा बाम बुद्धिजीवी भण्डारीलाई मातृशोक

  काठमाडौं । अधिवक्ता तथा बाम बुद्धिजीवी गोपी भण्डारीलाई मातृशोक...

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बेनी (म्याग्दी) । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन...

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा...

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

काठमाडौँ । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ)...

पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हिमपातको सम्भावना !

पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हिमपातको सम्भावना !

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

तीन लाख बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै

तीन लाख बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै

बनियानी (झापा) । झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप...