Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

कल सेन्टरबाट जिज्ञासाको तत्काल सम्बोधन



२१ वैशाख,काठमाडौँ  । स्थानीय तहको निर्वाचनसँग सम्बन्धित विषयमा आएका ६०० भन्दा बढी प्रश्न र गुनासोलाई निर्वाचन आयोगले कल सेन्टरमार्फत तत्कालै सम्बोधन गरिएको जनाएको छ ।

उक्त सेन्टरका संयोजक विशकसेन ढकालका अनुसार मतदाता नामावली, मतदाता शिक्षा, आचारसंहिता र निर्वाचन प्रक्रियासँग बढी चासो राखेर मतदाताबाट जिज्ञासा आएको थियो ।

मतदाता नामावलीमा नाम नभेटिएको, वडा फरक परेको, मतदाता परिचयपत्र कसरी प्राप्त गर्ने, नामावलीको सूची कहाँबाट लिने, पर्यवेक्षक कसरी हुने, पेस्की फछ्र्याैट भइनसकेको व्यक्ति उम्मेदवार हुन पाउने कि नपाउनेजस्ता विषयको जानकारी कल सेन्टरबाट तत्काल दिने व्यवस्था मिलाइएको छ ।

निर्वाचन आयोगले कल फ्री नम्बर १६६००१४४२२२ मा डायल गरी निर्वाचनसम्बन्धी गतिविधिबारे बिहान ८ देखि बेलुकी ८ बजेसम्म जानकारी लिने व्यवस्था गरेको छ । उक्त कल सेन्टर आगामी असार ३ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ । सेन्टरमा दैनिक एक सयको हाराहारीमा प्रश्न आउन थालेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १