back

पवित्रहाङमा गोल्डकपको च्याम्पियन बन्यो मानेभञ्ज्याङ

वि.सं.२०८० फागुन ३ बिहीवार

492 

shares
NTC AD
Global IME AD

फिक्कल (इलाम) । डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १४ औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको फाइनल खेलमा कनकाई नगरपालिका झापालाई ३-१ गोलअन्तरमा स्तब्ध पार्दै मानेभञ्ज्याङले बुधबार उपाधि हात पारेको हो । मानेभञ्ज्याङले अघिल्लो संस्करणमा समेत मिक्लाजुङ मोरङलाई रोक्दै उपाधि जितेको थियो ।

खेलको २२ औँ मिनेटमा मानेभञ्ज्याङकी सिम्रन गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाइन् । दोस्रो हाफको दोस्रो मिनेटमा मानेभञ्ज्याङकी सुस्मिता लेप्चाले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाइन् । तर, सातौँ मिनेटमा झापाकी कुमारी तामाङले गोल गर्दै खेल २-१ मा ल्याइन् । मानेभञ्ज्याङकी खेलाडीले फाउल बनाएपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै तामाङले सजिलै जाली चुमाएकी थिइन् । तर त्यो गोल बराबरीका लागिसमेत पर्याप्त भएन । इन्जुरी समय पुनः दार्जिलिङकी सिम्रन गुरुले गोल गरी टिमलाई ३-१ को जितमा उपाधि दिलाइन् । उता झापाले पनि खेलको उत्तरार्धमा पाएको केही अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउँदै घर फर्कन बाध्य बन्यो ।

राष्ट्रिय खेलाडीसहित मैदान उत्रेको दुवै टिमका खेलाडीको खेल प्रदर्शन निकै रोचक र प्रतिस्पर्धात्मक रहेको थियो । सुरुआती अग्रता लिएको मानेभञ्ज्याङलाई रक्षात्मक खेल नै उपाधिका लागि पर्याप्त भयो । उता सुरुआतमा दुई गोल खाएको झापाका लागि सोही गोल बाधक बनेको थियो ।

फाइनल खेलको उत्कृष्ट खेलाडी विजेता मानेभञ्ज्याङकी सिम्रन गुरुङ घोषित भइन् । उनले नगद रु पाँच हजार प्राप्त गरिन् । उपाधिसँगै विजेता मानेभञ्ज्याङले नगद रु तीन लाख एक सय ६८ सहित ट्रफी हात पा¥यो । उपविजेता बनेको झापाले नगद रु दुई लाख एक सय ६८ मा चित्त बुझायो ।

किरात धर्मगुरुआमा साँवा पवित्रहाङमा लिङदेनको ६८ औँ जन्मोत्सवको अवसरमा आत्मा-पवित्र हक्चात यक्चुमको आयोजनामा माघ २४ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपाल, भारत र भुटानका आठवटा महिला टोलिको सहभागिता रको थियो ।
रासस

वि.सं.२०८० फागुन ३ बिहीवार ०७:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई...

मध्य तमोरको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडियो

मध्य तमोरको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडियो

ताप्लेजुङ । त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन...

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई, यस्तो छ नयाँ कार्य समिति

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई, यस्तो छ नयाँ कार्य समिति

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई...

कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

म्याग्दी । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय...

डोल्पाको बनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पाको बनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा...

राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने राष्ट्रपतिको सुझाव

राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको...