back

मत्स्य संरक्षण केन्द्रद्वारा छ महिनामा साढे चार करोड माछाका भुरा वितरण

वि.सं.२०८० फागुन ४ शुक्रवार

393 

shares
NTC AD
Global IME AD

मकवानपुर (हेटौँडा) । बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको छ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा विभिन्न वितरण गरिएको जनाएको छ ।

केन्द्रले मधेस प्रदेशको सर्लाही, बारा, पर्सा, रौतहट र बागमती प्रदेशको काभ्रेपलाञ्चोक, ललितपुर, चितवन, मकवानपुर र धादिङका ३० हजारभन्दा बढी किसानलाई सुपथ मूल्यमा भुराहरु उपलब्ध गराएको केन्द्रका सूचना अधिकारी बलराम आचार्यले जानकारी दिए ।

सो केन्द्रमा हाल ४२ वटा पोखरीमध्ये ३३ वटामा माछापालन भइरहेको केन्द्रका प्रमुख सरोजकुमार यादवले बताए । उनका अनुसार यस अवधिमा केन्द्रबाट भूराबाहेक हाल १८ मेट्रिक टन माछा उत्पादनको लक्ष्य लिइएको छ भने हालसम्म तीन मेट्रिक टन माछा बिक्री वितरण भइसकेको छ ।

विसं २०२४ मा हेटौडा-५ पिप्लेमा वृहत्त मत्स्य विकास केन्द्रको स्थापना भइ २०२५ सालदेखि माछापालन सुरु गरिएको थियो । सो केन्द्र हेटौँडा बजारबाट पाँच किलोमिटर पूर्वमा पर्छ । हाल केन्द्रमा ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
रासस /फाइल फोटो

वि.सं.२०८० फागुन ४ शुक्रवार ११:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई...

मध्य तमोरको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडियो

मध्य तमोरको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडियो

ताप्लेजुङ । त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन...

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई, यस्तो छ नयाँ कार्य समिति

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई, यस्तो छ नयाँ कार्य समिति

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई...

कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

म्याग्दी । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय...

डोल्पाको बनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पाको बनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा...

राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने राष्ट्रपतिको सुझाव

राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको...