back
CTIZAN AD

असुरक्षित खानाका कारण नेपालमा प्रत्येक वर्ष नौ हजारको मृत्यु

वि.सं.२०८० फागुन ८ मंगलवार

1K 

shares

विराटनगर । नेपालमा असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु हुने गरेको हालैको एक अध्ययनले देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज यहाँ आयोजित प्रदेशस्तरीय खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गोष्ठीमा अध्ययनबारे जानकारी दिइएको हो ।

खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले होटलहरुमा विशेष गरी मिसावट, तेलजन्य खाद्यबाट उत्पन्न हुने समस्या, रङको प्रयोग र सूक्ष्मजीवले मानव स्वास्थ्यमा समस्या देखिएको बताए ।

अनुसन्धान अधिकृत सुवेदीका अनुसार विराटनगरका होटल रेष्टुराँहरुको अनुगमनका क्रममा फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेको पाएको, होटलको फोहर व्यवस्थापन, सरसफाइ र कामदारको व्यक्तिगत सरसफाइ चुनौतीपूर्ण हुँदै गएको पाइएको छ । होटलहरु व्यस्त सडकको नजिक हुँदा धुलो, धुवाँको समस्या पनि थपिएको छ । खाद्यान्न दलहनतर्फ ४७ वटा र प्रशोधित पिउनेपानी एक सय २१ थान मुद्दा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् ।

चालु आवको छ महिनामा १७ वटा न्यूनस्तर/दूषित खाद्यपदार्थ उत्पादन गर्ने उद्योगविरुद्ध मोरङमा मुद्दा दायर गरिएको अधिकृत सुवेदीले बताए । खाद्य–दाना उद्योग सिफारिस, अनुज्ञापत्र जारी, नवीकरण, बजार, उद्योग, संयुक्त तथा एकल अनुगमन, प्रयोगशाला सेवा, तालिम दिँदै आएको कार्यालयका प्रमुख विजय खनालले जानकारी दिए ।

गोष्ठीमा प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहाल, १४ वटै जिल्लाका साना तथा घरेलु उद्योग कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । रासस

 

वि.सं.२०८० फागुन ८ मंगलवार १८:१८ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...