back

पाँचथरको डेरी बजारमा ग्लोबल आइएमइको नयाँ शाखारहित बैंकिङ्ग सेवा

वि.सं.२०८० फागुन ९ बुधवार

432 

shares
NTC AD
Global IME AD

काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाहरुको संख्या २७५ पुगेको छ ।

शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं. १२ का अध्यक्ष कमल प्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्तरुपमा गरेका हुन् ।

बैंकका अनुसार शाखारहित बैंकिङ्ग सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी लगायतका सेवा लिन सक्नेछन् ।

बैंकको ३५५ शाखा कार्यालय, ३७८ एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।

वि.सं.२०८० फागुन ९ बुधवार १३:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राका भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

प्रभु बैंकको शाखा कार्यालय नयाँगाउँमा

प्रभु बैंकको शाखा कार्यालय नयाँगाउँमा

  काठमाडौं । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

  काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

महालक्ष्मी विकास बैंकको सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता

महालक्ष्मी विकास बैंकको सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई...

ग्लोबल आइएमई बैंकमा रेमिट्यान्स पठाउनुस्, पैसा थपेर पाउनुस्

ग्लोबल आइएमई बैंकमा रेमिट्यान्स पठाउनुस्, पैसा थपेर पाउनुस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई...