back

बीमा सर्भेयर संघको अध्यक्षमा ढकाल पुनः निर्वाचित

वि.सं.२०८० फागुन ९ बुधवार

462 

shares
NTC AD
Global IME AD

ललितपुर । बीमा सर्भेयर संघ, नेपाल (निसा)को अध्यक्षमा मोहन पुरुष ढकाल पुनःनिर्वाचित भएका छन् । संघको ललितपुरमा सम्पन्न १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट नौ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी दुई वर्षका लागि ढकाल अध्यक्षमा पुनःनिर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी, अधिवेशनबाट उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कँडेल निर्वाचित भएका छन् । संघका सहस्यहरुमा राजेश घिमिरे, सरोज श्रेष्ठ र नविन भट्ट रहेका छन् ।

यसअघि एसोसिएसनको संस्थापक महासचिव हुँदै ढकालले कार्यसमितिमा उपाध्यक्ष तथा अध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरे ।

वि.सं.२०८० फागुन ९ बुधवार १३:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आईएमई लाईफ इन्स्योरेन्सको प्रमुख मार्केटिङ अफिसरमा चौलागाईँ

आईएमई लाईफ इन्स्योरेन्सको प्रमुख मार्केटिङ अफिसरमा चौलागाईँ

काठमाडौं । आई.एम.ई. लाईफ इन्स्योरेन्स कं. लि. को चिफ मार्केटिङ...

स्वास्थ्य बीमा कार्यक्रममा कोशीका २३ लाख नागरिक आबद्ध

स्वास्थ्य बीमा कार्यक्रममा कोशीका २३ लाख नागरिक आबद्ध

मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा...

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल बनाउन प्रधानमन्त्री सुझाव

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल बनाउन प्रधानमन्त्री सुझाव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

पालिकाद्वारा एकल तथा विपन्न दलित महिलाको स्वास्थ्य बीमा

पालिकाद्वारा एकल तथा विपन्न दलित महिलाको स्वास्थ्य बीमा

सिमकोट (हुम्ला) । हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले दलित विपन्न...

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा...