back
CTIZAN AD

स्वयंसेविकाद्वारा निमन्त्रणा कार्ड बाँडेर बालबालिकालाई खोप लगाउने

वि.सं.२०८० फागुन १० बिहीवार

789 

shares

नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा तथा रुबेला खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड बाँडिने भएको छ । उपमहानगरपालिकास्तरीय खोप समन्वय समितिको आज भएको बैठक तथा अभिमुखीकरणमा पालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले सो जानकारी दिएका छन् ।

उपमहानगरपालिकाको वडावडामा स्वयंसेविकामार्फत निमन्त्रणा कार्ड बाँडेर बालबालिकालाई खोपको पहुँचमा ल्याइने जानकारी दिँदै उहाँले खोप लगाउनका लागि धार्मिक समूह र सीमान्तकृत समुदायसँग अन्तरक्रिया गरिने जानकारी दिए । नेपालगन्ज सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग तथा कारखाना, बालमन्दिर, अनाथ आश्रम, इँटाभट्टा अन्तरदेशीय सीमा, बसपार्कजस्ता ठाउँमा पनि खोपको पहुँच बढाइने उपमहानगरपालिकाले जनाएको छ ।

महाशाखा प्रमुख चन्दले खोप लगाउन छुट भएका समुदाय, वर्ग र स्थानको पहिचान गरी प्रभावकारी रुपमा खोप अभियान सञ्चालन हुने उल्लेख गर्दै अहिलेसम्म पालिकामा चार प्रतिशतले खोप नलगाएको बताए । उनले भने, “पहिले खोप लगाउने तर पछिल्ला खोप निरन्तर नलगाउने समस्या बढ्दै गएको पाइन्छ ।”

नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख कमरुद्दिन राईले खोप अभियानलाई प्रभावकारी बनाउन यसका अवरोध हटाउन आवश्यक भएको बताए । स्वास्थ्य कार्यालय, बाँकेका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले खोप अभियानलाई विद्यालय केन्द्रित गरिएको जानकारी दिँदै विद्यालयमा पहँुच नभएकालाई उमेर समूहका हिसाबले खोप लगाउने बताए । यही फागुन १३ देखि १९ गतेसम्म उपमहानगरमा नौ महिनादेखि १५ वर्षसम्मका ४२ हजार दुई सय ७० बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेला रोग निवारणको लक्ष्य राखेको छ ।

खोप अभियान प्रभावकारी नभएका कारण अघिल्लो वर्ष नेपालगन्जमा दादुराको महामारी देखिएको थियो । सो महामारीबाट तीन सय १९ जना सङ्क्रमित भएका थिए भने एकजनाको मृत्यु भएको थियो ।

वि.सं.२०८० फागुन १० बिहीवार ११:४९ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...