काठमाडौं । गृहमन्त्रालयले राजधानीमा मार्चपास गरिरहेका मिटरव्याज पीडितसँग वार्ता गर्नका लागि टोली गठन गरेको छ ।
२३ दिनदेखि पैदल हिँडेर राजधानी आइपुगेका मिटरव्याज पीडितसँग वार्ता गर्नका लागि मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।
मन्त्रालयले यसअघि मिटरव्याज पीडित किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशहवालाई वार्ताका लागि आउन भन्दै पत्र पठाएको थियो । व्यक्तिगत रुपमा सम्बोधन गरिएको भन्दै उनीहरुले वार्तामा नजाने बताएपछि समितिका नाममा पत्र लेखेको थियो ।
पत्रमा सहसचिवको पण्डितको संयोजकत्वमा समिति बनाइएको उल्लेख गर्दै पीडितका तर्फबाट ५ सदस्यीय टोली गठन गरेर आउन समेत आग्रह गरिएको छ ।
वि.सं.२०८० फागुन १३ आइतवार १६:१८ मा प्रकाशित





























