back

राष्ट्रिय वाणिज्य बैंकको शाखा संखुवासभाको पोखरीबजारमा

वि.सं.२०८० फागुन १४ सोमवार

234 

shares
NTC AD
Global IME AD

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.३ पोखरीबजार स्थित २८७ औं शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आइतबार उक्त शाखाको उदघाट्न गरेका हुन् ।

उक्त अवसरमा न्यायाधीश हरिप्रसाद फुयालले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरुले पनि बैंकिङ्ग अनुशासन भित्र रही बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउँदै बैंकको बर्तमान अवस्थाको बारेमा प्रकाश पारे । शाखा कार्यालय पोखरीबजारको उद्घाटन पूर्व वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्णकुमार तामाङ्ग, उप्रप्रमुख एलिना श्रेष्ठ, चैनपु न.पा. वडा नं ३ का वडा अध्यक्ष बलबहादुर अधिकारी, पूर्व नगर प्रमुख भरतकुमार खत्री, पूर्व गाविस अध्यक्ष ज्ञानबहादरु कार्की, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका विभागीय प्रमुख आनन्द सुवेदी, कोशी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिपकराज न्यौपाने, शाखा प्रबन्धकहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

हाल बैंकको सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

वि.सं.२०८० फागुन १४ सोमवार १२:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रभु बैंकको शाखा कार्यालय नयाँगाउँमा

प्रभु बैंकको शाखा कार्यालय नयाँगाउँमा

  काठमाडौं । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

  काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

महालक्ष्मी विकास बैंकको सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता

महालक्ष्मी विकास बैंकको सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई...

ग्लोबल आइएमई बैंकमा रेमिट्यान्स पठाउनुस्, पैसा थपेर पाउनुस्

ग्लोबल आइएमई बैंकमा रेमिट्यान्स पठाउनुस्, पैसा थपेर पाउनुस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई...

गरिमा विकास बैंकको सीइओमा उपाध्याय नियुक्त, निवर्तमान सीइओ ढकालको बिदाइ

गरिमा विकास बैंकको सीइओमा उपाध्याय नियुक्त, निवर्तमान सीइओ ढकालको बिदाइ

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा...