back

बुर्किनाको चर्चमा आक्रमणकारीहरूद्वारा १५ उपासकको हत्या

वि.सं.२०८० फागुन १४ सोमवार

396 

shares
NTC AD
Global IME AD

औगादुगु । उत्तरी बुर्किना फासोमा आइतबारको प्रार्थनासभामा एक क्याथोलिक चर्चमा भएको ‘आतङ्कवादी’ हमलामा कम्तीमा १५ व्यक्ति मारिएको र अन्य दुई जना घाइते भएको चर्चका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

डोरी सुबाका पादरी जिन-पियरे सवाडोगोले विज्ञप्तिमा भने, “फेब्रुअरी २५ मा आइतबारको प्रार्थनासभाका लागि जम्मा भएका एस्साकेन गाउँको क्याथोलिक समुदायका मानिसहरू आतङ्कवादी हमलाको शिकार भएको हामी तपाईंको ध्यानाकर्षण गराउँछौँ ।” उनले मर्नेहरूको सङ्ख्या १५ पुगेको र दुई जना घाइते भएको जानकारी दिए ।

बुर्किना फासोमा शान्ति र सुरक्षाका लागि आह्वान गर्दै सावाडोगाले ‘हाम्रो मुलुकमा मृत्यु र आतङ्क मच्चाउने मानिसहरूको निन्दा’ गरे । हमला भएको एस्साकेन गाउँ मुलुकको उत्तरपूर्वी बुर्किना फासो, माली र नाइजरको साझा सीमा नजिकै ‘तीन सीमा’ क्षेत्रका रूपमा चिनिन्छ ।

यो आक्रमण यस क्षेत्रमा सक्रिय जिहादी समूहहरूमाथि अत्याचारको शृङ्खलामा पछिल्लो हो । आक्रमणमा केहीले ईसाई चर्चहरूलाई निशाना बनाएका छन् भने पादरीको समेत अपहरण गर्ने गरेका छन् ।

बुर्किना फासो विशाल साहेल क्षेत्रको हिस्सा हो । यसलाई सन् २०११ मा लिबियाको गुहयुद्धपछि बढ्दो हिंसात्मक उग्रवादविरुद्धको लडाइँमा बन्द गरिएको छ । त्यसपछि सन् २०१२ मा उत्तरी मालीमाथि इस्लामवादीहरूले कब्जा गरेका छन् ।

सन् २०१५ मा बुर्किना फासो र नाइजरमा जिहादी विद्रोह विस्तार भएको हो । सन् २०२२ मा एक वर्षभन्दा पनि कम समयमा मुलुकमा दोस्रो सत्ता विद्रोहका रूपमा क्याप्टेन इब्राहिम ट्रोरेले सत्ता कब्जा गरेका थिए । दुवै सत्ता विद्रोह जिहादी हिंसालाई रोक्न सरकारको असफलतामाथि असन्तोषका कारण उत्पन्न भएको थियो । उक्त हिंसामा बुर्किना फासोमा कम्तीमा २० हजार मानिस मारिएका थिए भने २० लाखभन्दा बढी विस्थापित भएका थिए ।
एएफपी/फाइल फोटो

वि.सं.२०८० फागुन १४ सोमवार १३:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

बनियानी (झापा) । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६...

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको...

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...