पाल्पा । रिब्दीकोट गाउँपालिकाले पालिकामा बेवारिसे रुपमा रहेको ट्रक धनीलाई सातदिनभित्र ट्रकको हकदावी गर्न आउन अनुरोध गरेको छ ।
पालिकाको वडा नं ५ को कुशुमखोलामा विगत ८/९ वर्षदेखि वेवारिसे अवस्थमा रहेको लु १ ख ५०७८ नम्बरको ट्रक बाटोम रहेको र उक्त ट्रकका कारण सडकमा प्रतिकुल असर तथा दुर्घटना निम्त्याउने जोखिम रहेकोले उक्त ट्रक हटाउनुपर्ने भन्दै ट्रक धनीलाई यस्तो पत्र काटेको हो ।
पालिकाको सोमबार बसेको बैठकको निर्णय अनुसार उक्त सार्वजनिक सूचना जारी गरिएको र सोहि पत्र अनुसार हकदावी गर्न कोही नआएमा पालिकाले ट्रकलाई कवाडीको रुपमा बिक्रि वितरण गर्ने जानकारी समेत गराएको छ ।
वि.सं.२०८० फागुन १४ सोमवार १६:५७ मा प्रकाशित






























