back

एकीकृत समाजवादीको महाधिवेशनका लागि सुझावको छनोट गर्न मस्यौदा समितिलाई जिम्मेवारी

वि.सं.२०८० फागुन १४ सोमवार

300 

shares
NTC AD
Global IME AD

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले महाधिवेशनका लागि मस्यौदामा छलफल गर्न यही फागुन १५ र १६ गते मस्यौदा समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले मस्यौदा लेखनका लागि देशभरबाट आएका सुझावको अध्ययन तथा छनोट गर्न मस्यौदा समितिलाई जिम्मेवारी दिएको हो । महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदामा छनोट गरिएका सुझावलाई समावेश गरिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा एकीकृत समाजवादीमा समाहित भएकामा त्यसको स्वागत गरेको बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रमअनुसार कार्यप्रगतिको समीक्षा गरिएको उनले जानकारी दिए । समान विचार भएका कम्युनिष्ट पार्टीलाई एकीकृत गर्न समाजवादी मोर्चाले सुरु गरेको अनौपचारिक छलफलको सराहना गरेको बैठकले मोर्चाले आगामी चैत ३ गते सञ्चालन गर्न लागेको नेपाली विशेषताको समाजवाद कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टीले सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियान तथा पार्टी निकट जनवर्गीय सङ्गठनका कार्यक्रमबारे समीक्षा गरिएको बैठकले सङ्गठन सुदृढीकरण गर्न पार्टीका सबै तहका कमिटी परिचालित गर्नेबारे छलफल गरेको प्रमुख खतिवडाले जानकारी दिए ।

वि.सं.२०८० फागुन १४ सोमवार २२:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई...

मध्य तमोरको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडियो

मध्य तमोरको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडियो

ताप्लेजुङ । त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन...

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई, यस्तो छ नयाँ कार्य समिति

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई, यस्तो छ नयाँ कार्य समिति

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई...

कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

कालीगण्डकी करिडोरः बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

म्याग्दी । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय...

डोल्पाको बनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पाको बनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा...

राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने राष्ट्रपतिको सुझाव

राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको...