back

एमाले ‘मिसन ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको छ : अध्यक्ष ओली

वि.सं.२०८० फागुन १६ बुधवार

285 

shares
NTC AD
Global IME AD

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन-८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ थियो ।

आज विराटनगर आएका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सो धारणा राखेका हुन् । उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाए ।

साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको बताए ।

पूर्वप्रधानमन्त्री ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुकमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताए ।

अर्काे एक प्रसङ्गमा उनले एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।

वि.सं.२०८० फागुन १६ बुधवार १२:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

बनियानी (झापा) । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६...

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको...

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...