back

उपमहासचिव शर्माद्वारा कार्यविभाजनप्रति असहमति प्रकट

वि.सं.२०८० फागुन १६ बुधवार

333 

shares
NTC AD
Global IME AD

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा पेस भएको नेताहरुको कार्यविभाजनलाई लिएर असहमति प्रकट गरेका छन । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकमा उनले प्रस्तावित कार्यविभाजन र सेती महाकालीमा देखिएको विवाद समाधानको निर्णयमा असहमति प्रकट गरेका हुन् ।

“कार्यविभाजन सही भएन, पार्टी निर्माणको उद्देश्यअनुरुप भएन, विधान अधिवेशनको ‘ह्याङओभर’ लाई लिएर कार्यविभाजन गरियो”, बैठकपछि उपमहासचिव शर्माले भने, “विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफूलगायत अन्य नेतालाई कार्यजिम्मेवारीविहीन बनाइएको छ ।”

सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाइएकोलगायत मुद्दा, त्यहाँको दलभित्रको विवादलाई टुङ्ग्याउने निर्णय सन्तुलित र न्यायपूर्ण नभएको भनी आफूले असहमति राखेको उनले जानकारी दिए ।

आफूले राखेको असहमतिलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहजरुपमा लिनुभएको उनले बताए । “पार्टी अध्यक्षले असहमतिका विषयलाई पार्टीभित्र राख्न पाइन्छ, स्वागत छ भने”, उनले भने, “मैले असहमतिका विषय सम्पूर्ण नेतृत्वलाई बुझाएको छु ।”

उपमहासचिव शर्माले बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे समीक्षालगायत पार्टीको आन्तरिक जीवनमा कार्यविभाजनका सन्दर्भमा छलफल भएको जानकारी दिए ।

 

वि.सं.२०८० फागुन १६ बुधवार १२:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

बनियानी (झापा) । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६...

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको...

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...