Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

काठमाडौं वडा नं २८ को अध्यक्षमा छविन्द्र कडेलको उम्मेदवारी



chhabindra-kandel२२ बैशाख, काठमाडौ. । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि काठमाडौं वडा नं २८ बाट नेकपा माओवादी केन्द्रका तर्फबाट छविन्द्र कंडेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
छविन्द्र कंडेलको अध्यक्षमा उम्मेदवारी सहित अन्य सदस्यका लागि राज कर्णिकार, महमद अयुव मुस्लिम र सुनकेशरी खड्गीले सदस्यको उम्मेदवारी दिएका हुन् ।
वडा नं २८ मा खानेपानीको व्यवस्था, सडक व्यवस्थापन, आकासेपुलको व्यवस्थापन तथा फोहरमैला, कृषि, खेलकुद मैदान लगायतको व्यवस्थापनमा सक्रिय भूमिका निभाउने कंडेलका प्रतिवद्धता छन् ।

के- के छन त प्रतिबद्धताहरु ?
१.वडाका स्थानीय जनताको चाहना अनुसार खानेपानीको पाईप व्यवस्थित गर्दै घर¬–घरमा खानेपानी पु¥याउन ।
२.वडामा रहेका भित्री गल्ली बाटो, सडक, फोहोरमैला, ढल एवम् बिजुलीको नाङ्गो तार तथा पोलको सहि व्यवस्थापन गर्न ।
३.टोलमा रहेका गल्ली तथा सडक, व्यवस्थित पार्किङ्ग मर्मत तथा पुनःनिर्माण गर्न ।
४.युवाहरुलाई खेलकुद तथा व्यायाम स्थलको आवश्यक व्यवस्था गर्न ।
५.भृकुटीमण्डप खुल्लाबजार, फनपार्कलाई अझ विकसित र व्यवस्थित गर्न ।
६.तरकारी तथा फलफुल साथै खसीबजारलाई कृषिबजारको रुपमा व्यवस्थापन तथा प्रवर्धन गर्न ।
७.टोलबासीबाट माग भएका योजनालाई पहिलो प्राथमिकता दिईनुका साथै प्राप्त आवश्यक सुझाव तथा गुनासो समाधानको लागि टेलिफोनको व्यवस्था गर्न ।
८.भ्रष्टाचारमा शुन्य सहनशीलता, राजनीतिक पुर्वाग्रहमुक्त प्रशासन निर्माण गर्न ।
९.यस वडाका सबै सरकारी क्याम्पस तथा विद्यालयहरुमा देखिएका समस्याहरुको आवश्यक सुझावअनुसार समाधान गदै नमुना क्याम्पस तथा विद्यालयको रुपमा विकास गर्न ।
१०.टोलमा आईपर्ने विभिन्न खाले आगलागिजस्ता विपद्लाई व्यवस्थापन गर्न टोलमा अनिवार्य रुपमा आकस्मिक अग्निनियन्त्रक(fire Extinguisher) मेसिन राख्न ।
११.नेपाल प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय सभागृह, रानीपोखरीलाई अझ व्यवस्थित र आधुनीक बनाउन ।
१२.भद्रकालीमा रहेको महाङ्काल मन्दिर, कमलादीमा अवस्थित गणेश मन्दिरलाई संरक्षण गर्न ।
१३.बुद्ध धर्मावलम्बीहरुको धार्मिकस्थल बौद्ध विहारहरुको संरक्षण गर्न ।
१४.मुस्लिम समुदायहरुको धार्मिकस्थल जामे मस्जिदलाई संरक्षण गर्न ।
१५.नेपालभाषा र संस्कृति साथै लिपीको संरक्षण गर्न ।
१६.एक सुविधा सम्पन्न डाक्टर तथा नर्ससहितको बृद्धाश्रम तथा शिशु स्याहार केन्द्र स्थापना गर्न ।
१७.का.म.न.पा.–२८ भित्र विभिन्न स्थानमा आमजनतालाई दैनिक आवश्यक्ताका वस्तुहरु खरिद गर्न सुपथ मुल्यका पसलहरु सञ्चालन गर्न ।
१८.धोवीधाराको मर्मत तथा संरक्षण गर्न ।
१९.राजनीतिलाई स्वार्थ र पेशाको रुपमा होइन, सामाजिक सेवाको रुपमा आत्मसात गर्न र नागरिकलाई समाजमा शान्ति र अमनचयनका साथ जीवनयापन गर्न सक्ने वातावरणको सिर्जना गर्नुका साथै सार्वजानिक सेवा प्रवाह गर्नु हो भन्ने भावनाको विकास गर्न ।
२०–अद्धैत मंदिरको संरक्षण पुनः निर्माण गर्न ।
२१– आकासे पूलहरुका व्यवस्थापन र सरसफाइ, रात्रि वत्तिको व्यवस्था र चुस्त ट्राफिक व्यवस्थापन गर्न ।
२२– स्वच्छ खानेपानीको आपूति व्यवस्थापन गर्न ।
२३– पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं टावरमा वडावासीहरुको अपनत्व बढाउन ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन