Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

विप्लब नेतृत्वको माओवादीका दुई कार्यकर्ता पक्राउ



२२ वैशाख, बनेपा। प्रहरीले काभ्रेपलाञ्चोकमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई आज मण्डन देउपुरस्थित घरबाट पक्राउ गरेको छ ।

पक्राउपर्नेमा मण्डनदेउपुर नगरपालिका– १० का ४५ वर्षीय शङ्कर नेपाल र सोही ठाउँका ४७ वर्षीय भोला नेपाल रहेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा करिब १०० जना विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको अनुमान गर्दै प्रहरीले उनीहरुमाथि कडा निगरानी राखेको जानकारी दिनुभयो ।

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन बिथोल्ने घोषणा गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका

काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा.