back

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

वि.सं.२०८० फागुन १९ शनिवार

240 

shares
NTC AD
Global IME AD

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्यान्ड्लाई ६ विकेटले पराजित गरेको छ ।

जितका लागि एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरेका हुन् । त्यसैगरी गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।

नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले तीन विकेट लिए भने आर्यन दत्तले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी टिम भान डेर गुग्टेनले २४ रन जोडदा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई÷दुई विकेट लिए । तेस्तै दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

यो जितसँगै चार खेलमा चार अङ्क जोडेको नेपालको फाइनल सम्भावना बलियो बनेको छ । त्यसैगरी पहिलो पराजय व्यहोरेको नेदरल्यान्ड्सको तीन खेलबाट चार अङ्क छ ।

नेपाल पहिलो खेलमा नामिवियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यसैगरी तेस्रो खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको थियो । भोलि नेदरल्यान्ड्स र नमिवियाबीच खेल हुनेछ ।

वि.सं.२०८० फागुन १९ शनिवार १५:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

बनियानी (झापा) । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६...

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको...

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...