back

हङकङमा आयोजना हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

वि.सं.२०८० फागुन २० आइतवार

267 

shares
NTC AD
Global IME AD
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा आयोजना हुने त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा आकाश चन्द, विनोद भण्डारी, लोकस बम र रसिद खानलाई समेट्दै १४ सदस्यीय टोलीको घोषणा गरेको हो । त्यस्तै छनोट हुने अन्य खेलाडीमा कुशल भुर्तेल, गुल्शन झा, सागर ढकाल, प्रतिश जिसी, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी र अभिनाश बोहरा छन् ।
नेदरन्यान्ड्स र नामिबियाविरुद्ध खेलेका ओपनर आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र अनिलकुमार शाह भने टोलीमा समावेश छैनन् । क्यानका अनुसार उक्त शृङ्खलामा हङकङसहित नेपाल र पपुवा न्यूगिनीले सहभागिता जनाउने छन् ।
यही फागुन २६ गते नेपाल र हङकङले फ्रेन्डसिप कपको नाममा एक ट्वान्टी ट्वान्टी खेल खेल्ने क्यानले जनाएको छ । त्यस्तै क्यानका अनुसार फागुन २७ गते नेपालले हङकङसँग खेल्नेछ भने २९ गते पपुवा न्यूगिनीसँग खेल्नेछ ।
त्रिकोणात्मक सिरिजको फाइन खेल भने फागुन ३० गते हुने तालिका छ ।

वि.सं.२०८० फागुन २० आइतवार ११:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मानव–हात्ती द्वन्द्व घटाउन पहिलोपटक ७६ किलोमिटर सौर्य तारबार

मानव–हात्ती द्वन्द्व घटाउन पहिलोपटक ७६ किलोमिटर सौर्य तारबार

बनियानी (झापा) । मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६...

आचारसंहिता पालन नगरे तत्काल कारबाही प्रक्रिया अघि बढाइने–आयोग

आचारसंहिता पालन नगरे तत्काल कारबाही प्रक्रिया अघि बढाइने–आयोग

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा...

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

मानव-हात्ती द्वन्द्व घटाउन सौर्य तारबार

बनियानी (झापा) । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६...

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

भगवान् रामको पूजा आराधना गरी राम नवमी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको...

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...