काठमाडौँ । सत्ता गठबन्धनमा नयाँ समिकरण बनेपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । वर्तामान सत्ता गठबन्धन टुटेर नयाँ गठबन्धन बनेसँगै बजारमा एकाएक उच्च वृद्धि देखिएको हो ।
कारोबार सुरु भएको तीन मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । सकारात्मक सर्किट ब्रेक लागेपछि नेप्से काराबार २० मिनेटको लागि बन्द भएको छ ।
नेप्से सुरु भएको पहिलो १ धण्टामा ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । कारोबार स्थगित भएको समयदेखि २० मिनेटपछि बजार फेरि खुल्नेछ ।
वि.सं.२०८० फागुन २१ सोमवार ११:३५ मा प्रकाशित


























