back
CTIZAN AD

पञ्चकोटकाे महायज्ञमा दर्शनार्थी पर्यटकको घुइँचो

वि.सं.२०८० फागुन २१ सोमवार

1K 

shares

गलकोट (बागलुङ) । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ ।

महायज्ञ देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि पञ्चकोट दर्शनार्थीको बाक्लो उपस्थितिले भरिएको हो । यही फागुन ९ देखि सञ्चालन भइरहेको महायज्ञमा देशभरबाट दर्शनार्थी आइरहेको बताउँदै पछिल्ला दिनमा दर्शनार्थीको भीड नै लागेको हो ।

दैनिक तीन हजारदेखि १० हजारसम्म दर्शनार्थी आउने गरेको महायज्ञमा शनिबार भने ३० हजार बढी दर्शनार्थी पञ्चकोट आएको सर्वसिद्धिधाम पञ्चकोट परिषद् समितिका अध्यक्ष दामोदर शास्त्री दाहालले बताए । अत्यधिक भिडका कारण शनिबार ट्राफिक जाम नै भएको उनकोे भनाइ छ । शनिबार बिदा हुनुका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति भएपछि महायज्ञमा दर्शनार्थीको भिड बढेको उनले बताए ।

“धार्मिककार्यमा आएका भक्तजनको कुनै गण्ना गर्ने व्यवस्था थिएन, ९० रोपनी जग्गामा फैलिएको पञ्चकोट दर्शनार्थीले भरिएको थियो, बागलुङ बजारबाट पञ्चकोटसम्म सवारीसाधनको लस्कर थियो”, अध्यक्ष शास्त्रीले भने “एकै दिन तीसदेखि ५० हजारसम्म दर्शनार्थी आएको हाम्रो अनुमान छ, पञ्चकोटमा हजारौँको सङ्ख्यामा आएका बस, कार, भ्यान र मोटरसाइकल आएकाले सो अनुमान गरिएको हो ।” ट्राफिक जामका कारण सबै दर्शनार्थी पञ्चकोट पुग्न नपाएको उनले बताए ।

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजना भइरहेको महायज्ञ नेपालमै पहिलो पटक गर्न थालिएको आयोजकको दाबी छ । महायज्ञमा सहभागी हुन यही फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेल र गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल आइसकेका छन् ।

साथै नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महत, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासङघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत विशिष्ट व्यक्तित्वको उपस्थिति भइसकेका छ । यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक दलका शीर्ष नेता आउने कार्यक्रमसमेत छ ।

जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न आयोजना गरिएको ब्राह्माण्डीय महायज्ञमा आउने दर्शनार्थीको ट्राफिक व्यवस्थापन मिलाउन हम्मेहम्मे परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख सुमन न्यूरेले बताए ।

पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ आयोजनाबाट गरिएको हो । महायज्ञभर कथा वाचक पाठ बाहेक हरेक दिन फरक–फरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस पनि भइरहेको छ ।

महायज्ञको अवसरमा आइतबार कला र साहित्य सम्मेलन सम्पन्न भएको थियो । पञ्चकोट पुग्ने पर्यटकको सङ्ख्याका आधारमा सडक फराकिलो हुन आवश्यक रहेको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्र केसीले बताए ।

वि.सं.२०८० फागुन २१ सोमवार १५:१२ मा प्रकाशित

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...