Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

लमजुङमा निर्विरोध हुने पाँच



२३ वैशाख,लमजुङ (बेंसीसहर) । स्थानीय तह निर्वाचनका क्रममा यहाँ थप दुई जना निर्विरोध भएका छन् ।

यससँगै जिल्लाका स्थानीय तहमा पाँच जना निर्विरोध निर्वाचित भएका छन् । नेकपा ९एमाले०का तर्फबाट मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा कृष्णकुमारी गुरुङ महिला सदस्यमा निर्विरोध हुनुभएको छ । सोही पदमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएकी मनकाशी अतिरिक्त हुलाक कार्यालय भुलभुलेमा कार्यरत कर्मचारी भएको उजुरी परेपछि उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा एमालेबाटै महिला सदस्य डिलकुमारी थापा निर्विरोध हुनुभएको छ । नेपाली काँग्रेसबाट सोही पदमा उम्मेदवारी दिनुभएकी मैतमाया गुरुङले उम्मेदवारी फिर्ता लिएपछि थापा निर्विरोध बन्नुभएको हो ।

एमालेका तर्फबाट क्होँलासोँथर गाउँपालिका–४ भुजुङमा दलित महिला सदस्य जालु दमै, सोही वडामा एमालेबाटै उम्मेदवारी दिनुभएका एक खुला सदस्य पित्रमान गुरुङ र दूधपोखरी गाउँपालिका–४ इलमपोखरीमा नेकपा९माओवादी केन्द्र०बाट दलित महिला सदस्यमा सुनिता विक निर्विरोध भइसक्नुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको