back
CTIZAN AD

बसन्त फिल्मसद्वारा परियारको बिदाई गर्यो

वि.सं.२०७४ वैशाख २४ आइतवार

762 

shares

basatna-films-bidai-pariyar

“प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रवर्द्धन गरौ” भन्ने मूलनाराका साथ अगाडी बढीरहेको बसन्त फिल्मस् प्रा.लि.ले चर्चित डान्सर तथा मोडल एवम् फिल्मसका सदस्य अजय परियारलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै स–सम्मान बिदाई गरेको छ ।
बिगतलामो समय देखि कतारमाकार्यरत परियारलाई फिल्मसले एक कार्यक्रमका बीच बिदाई गरेको हो । सोहि अवसरमा UNI DANCE GROUP, कास्की आदर्श सेवा समाजले समेत परियारलाई सम्मान गरेकाथिए । कतारको दोहामा अवस्थित नेपाली आगन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा फिल्मसका प्रबन्ध निर्देशक ईश्वर काफ्ले सभापतितथा गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदका सदस्य हँसराज ढकाल प्रमुख अतिथि रहेका थिए ।
त्यस्तै खस क्षेत्री सेवा समाजका अध्यक्ष खगेन्द्र कार्की, कास्की आदर्श सेवा समाजका सचिव विश्वबन्धु थापा, फेवा साँस्कृतिक परिवारका संयोजक तथा समाजसेवी विक्की बि.क., नवोदित साहित्यिक वाचनालयका सचिव राजन लामा, UNI DANCE GROUP का संयोजक यूवराज वली विशेष अतिथि रहेका थिए । साथै गित संगीत र कलाकारहरुलाई माया गर्नेहरुको उल्लेखनीय उपस्थिति रहेको उक्तकार्यक्रम संस्थाका व्यवस्थापक सरद पाण्डेको स्वागत मन्तव्य संगै अघि बढेको थियो ।
कार्यक्रममा वक्ताहरुले आफ्नो मन्तव्य राख्दै परियारलाई साँगीतिक यात्रा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै परियारले कतारको बसाईलाई बिट मार्ने क्रममाआफ्नै सस्थाबसन्तफिल्मस् बाट सम्मानिततथामायापाउदा खुसीको सिमा नरहेको बताए । यहाँ रहदा सस्था र मेरो सम्बन्ध नङ र मासुको जस्तै थियो, नेपालमाफर्किएपछी अझ गाढा हुने छ, मैले सस्थाको थपजिम्मेवारी लिएर नेपालफर्किदै छु ।
बसन्त फिल्मसलाई संसारको जुनसुकै कुनामा पुगेपनि भुल्ने छैन, जसले मलाई यहा सम्म आउँन मुख्य भूमिका खेलेको छ । कतारमा रहदा साथ र सहयोग गर्नुहुने सम्पूर्ण संघ सस्था विभिन्न व्यक्तित्वका साथै बसन्त फिल्मसका सम्पुर्ण पदाधिकारीहरुलाई विशेष आभार प्रकट गरेकाथिए । तिलु शर्मा पौडेलको संचालन रहेको कार्यक्रमलाई फिल्मसका प्रबन्धक निर्देशक तथा सम्मान कार्यक्रमका सभापती काफ्लेले कार्यक्रमलाई समापन गर्दै प्रवासमा रहेर पनि नेपाली कला र सँस्कृतीको जर्गेना तथा सम्मान गर्दै नेपालीकला संस्कृतिलाई टेवापुग्ने कामगर्दै अगाडी बढ्ने कुरा बताए ।
सस्थाका सदस्यहरु प्रवासको बसाईलाई बिट मारेर स्वदेश फर्किरहेका छन् एउटा प्रवासी कलाकारबाट राष्ट्रिय कलाकार बनेर पुनःकतारमा स्वागत गर्न पाइयोस । जुनउदेश्यका साथ कलाकारिताको क्षेत्रमा आवद्ध बनिएको छ, त्यसको सहि सदुपयोग गररेर अगाडी बढ्नु पर्ने बताउदै परियारलाई यात्रा सफलताको शुभकामना दिएका थिए ।

वि.सं.२०७४ वैशाख २४ आइतवार ०२:३४ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...