back

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

वि.सं.२०८० चैत १५ बिहीवार

363 

shares
RBB AD
NTC AD

 

गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको पाइएको छ । यद्यपि यो वर्ष चार हजार तीन सय ९९ जना विद्यार्थी सहभागी हुँदैछन् ।

आजदेखि हुने एसइई परीक्षामा बागलुङबाट चार हजार तीन सय ९९ विद्यार्थी सहभागी हुँदैछन् । गत वर्षको तुलनामा यस वर्ष एसइईमा सहभागी हुने विद्यार्थीको सङ्ख्या चार सय ३७ ले घटेको छ ।

तीन वर्षयताको तथ्याङ्कलाई हेर्ने हो भने विद्यार्थीको सङ्ख्या बर्सेनि घटेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका अनुसार २०७८ सालमा चार हजार आठ सय ९३ जना एसइई परीक्षामा सहभागी भएका थिए । विसं २०७९ मा चार हजार आठ सय ३६ विद्यार्थी सहभागी भएका थिए । बर्सेनि परीक्षार्थीको सङ्ख्या घट्दै गएको र आगामी वर्ष चार हजारबाट अझै ओरालो लाग्ने अवस्था देखिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख युक्तप्रसाद सुवेदीलेले बताए ।

घट्दो जनसङ्ख्या, वैदेशिक रोजगारी र परिवार नै विदेश बस्नाले बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएको बताए । “विद्यार्थीको सङ्ख्या घट्दो पाएका छौँ, आगमी वर्षको दर्ता फाराम विश्लेषण गर्दा विद्यार्थी घट्ने स्पष्ट भएको छ,”, उनले भने ।

बागलुङमा यस वर्ष एसइई परीक्षामा चार हजार तीन सय ९९ विद्यार्थी सहभागी हुँदैछन् भने सोमध्ये तीन जना दृष्टिविहीन, १० जना संस्कृत विद्यालयका र दुई सय २९ प्राविधिक विषय, ३४ खुलातर्फका विद्यार्थी रहेका शिक्षा विकास तथा समन्वय एकाइ बागलुङले जनाएको छ ।

जिल्लामा ३१ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । परीक्षा सम्पन्न गर्न ३१ जना केन्द्राध्यक्ष चार सय ८९ सहायक केन्द्राध्यक्ष, निरीक्षक एक हजार नौ सय २८, परीक्षा सहायक पाँच सय २३, कार्यालय सहायक आठ सय ६७ जना र चार सय ६५ जना सुरक्षाकर्मी परिचालन हुनेछन् ।
रासस/सांकेतिक फोटो

 

 

वि.सं.२०८० चैत १५ बिहीवार ०७:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
धमाधम फाईल खोल्न महामन्त्री गगनको सुझाव

धमाधम फाईल खोल्न महामन्त्री गगनको सुझाव

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि...

चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के...

धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

काठमाडौँ । यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव...

अन्तराष्ट्रियस्तरको महासमिति बनाउन रवि लामिछानेको चुनौती

अन्तराष्ट्रियस्तरको महासमिति बनाउन रवि लामिछानेको चुनौती

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अन्तराष्टियस्तरको महासमिति बनाउन...

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुर (गाईघाट) । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको...