back

मस्तिष्कघातबाट बच्न यी समस्याबाट जोगिन विज्ञको सुझाव

वि.सं.२०८० चैत २३ शुक्रवार

657 

shares
RBB AD
NTC AD

ललितपुर । मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनलगायतका समस्याबाट मुक्त हुनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

नेपाल मेडिसिटी अस्पतालद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ स्नायुरोग विशेषज्ञ प्रा डा गोपालरमण शर्माले मस्तिष्काघातको उपचार महङ्गो रहेको भन्दै मस्तिष्काघात भएपछि छिटोभन्दा छिटो अस्पताल ल्याउनु आवश्यक रहेको बताए ।

उनले भने, “मस्तिष्काघात भएका बिरामीलाई छिटोभन्दा छिटो अस्पताल नल्याए पक्षघात हुने वा बचाउन कठिन हुने अवस्था भएकाले बढीमा चार÷पाँच घण्टाभित्रै अस्पताल ल्याइसक्न सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।”

स्नायुरोग विशेषज्ञ डा बाबुराम पोखरेलले व्यक्तिको अनुहार बिग्रने, शरीरको सन्तुलनसहित आँखाको ज्योति गुम्ने, बोली लरबरिने र हातले काम गर्न छाड्नेजस्ता सङ्केत मस्तिष्काघातको लक्षण हुनसक्ने भन्दै त्यसतर्फ सचेत भई बिरामीलाई अस्पताल लैजान सुझाव दिए ।

स्नायुरोग विशेषज्ञले नसर्ने रोगका रुपमा परिचित मस्तिष्काघातबाट बर्सेनि हजारौँ नेपालीको मृत्यु हुने गरेको, पक्षघातको समस्या झेल्नुपरेको र ठूलो धनजनको नोक्सान भइरहेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गरे ।

अस्पतालले मस्तिष्काघातसम्बन्धी समस्या समाधानका लागि चौबिसै घण्टा सेवा उपलब्ध गराइएको, चिरफार शल्यक्रिया (ओपन सर्जरी) र सानो प्वाल बनाई (न्यूरो इन्टरभेन्सन) विधिबाट शल्यक्रिया गर्दै आएको र निकट भविष्यमा ‘कम्प्रिहेन्सिभ स्ट्रोक सन्टेर’ सञ्चालन गर्न लागेको जनाएको छ ।

 

वि.सं.२०८० चैत २३ शुक्रवार १८:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
यस्ता छन् मोही खानुका फाइदा

यस्ता छन् मोही खानुका फाइदा

मोही गर्मी मौसमका लागि स्वास्थ्यवर्द्धक पेय पदार्थ हो । मोहीमा...

प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने

प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने

गलकोट (बागलुङ) । बागलुङको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक...

वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने

वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने

काठमाडौं । वीर अस्पतालमा ब्रेन ट्युमरका विरामीको निःशुल्क शल्यक्रिया गरिने...

महानगरद्वारा असहाय बिरामीको निःशुल्क उपचार गर्न ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित

महानगरद्वारा असहाय बिरामीको निःशुल्क उपचार गर्न ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क...

कोरोना भाइरसविरुद्धको खोप ल्याइँदै

कोरोना भाइरसविरुद्धको खोप ल्याइँदै

काठमाडौँ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप...

पूर्णखोप पालिका बन्यो जनकनन्दिनी

पूर्णखोप पालिका बन्यो जनकनन्दिनी

जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको...