back

कविता : अनादर नगरौँ

वि.सं.२०८० चैत २४ शनिवार

1K 

shares
RBB AD
NTC AD

पौडेल विमुन्स, कास्की

आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि
जप्दा पाप हटाइयो तर कुरा काटी करौँती सरि
अर्काले कति दुष्टता गरिरहे देख्ने त्रिनेत्रादि छन्
बोले तुच्छ भनेर बुझ्न सकिने आत्मा शु–कर्णादि छन् ।१।

खाए भिन्न भनेर फेरि दगुरी छि: छि:गरी तर्किए
लाए भिन्न भनेर तुच्छ तरिका लाग्यो भनी फर्किए
मा उस्तै परिणाम पाप सरिको होला भनी बुझ्दछु
आँखाले अलि भाव भिन्न भरिए पोल्ला भनी बुझ्दछु ।२।

आत्मा छट्पटिँदा तुरुन्त ममता मिल्ला नमिल्ला भनी
आफ्नो वाक्य सधैँ खिचेर मुखमै राख्छु नफाले पनि
गोली प्याट्ट छुटोस् तथापि मनमा के चोट लाग्ला बरु
उल्टै प्रेम भरिन्छ उग्र यसरी माया पठाई मरूँ ।३।

मैले जन्म दिएँ दिनै पनि पर्यो नारी हुना खातिर
मैले खप्न व्यथा पर्यो सहनु हो आमा हुँदा आखिर
सोची ईश्वरले सहन्छ यिनको आत्मा सधैँ जब्बर
होला जीवन मानवीय मधुरो सोच्यो यिनै हुन् धर ।४।

सारा छन् कटुता अरू सुखमयी बन्दा बनी आरिसे
आफैंले पनि कर्म सत्य गरिए मिल्नेछ साताबिसे
यस्तो सत्य भुलेर व्यर्थ सबका निन्दा बटुल्दै डुलेँ
के को पाप हटोस् नुहेर मठमा सम्मान गर्नै भुलेँ ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत : SSS  llS  lSl  llS  SSl  SSl  S

वि.सं.२०८० चैत २४ शनिवार ०८:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...