back

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

वि.सं.२०८० चैत २६ सोमवार

972 

shares
GLOBAL IME AD
NTC AD

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु भएन, नियमित आयस्रोत भएन र कमाएर दिने वा पाल्ने इमान्दार छोराछोरि भैदिएनन भने तपाइको अबकाश र बुढ्यौली जीवन बर्बाद र पिडादायी हुने बताउँछन् सानुवावु सिलवाल ।

अमेरिकामा रहेका नेपालीहरुका हितका लागि विभिन्न विषयमा कलम चलाउने सिलवालले सपनाको देश अमेरिकामा समयमै विभिन्न् कुरामा ध्यान दिइएन भने वृद्ध अवस्था पीडादायी हुने भन्दै यी सुझाव दिएका छन् ।

सिलवाल भन्छन्– बस्न घर नहुने, बालबच्चाहरु हुर्केर अमेरिकी शैली र संस्कारबाट अभिप्रेरित भै बुढा बाउआमालाइ वास्तै नगर्ने, तपाइको आफ्नै बैङ्क खातामा सेभिङ्ग नहुने, तपाइको रिटार्यड जीवनका लागि नियमित आम्दानीको स्रोत नहुने, बैङ्कको सिडिमा मौज्जात नहुने हो भने तपाई बर्बाद हुनुहुनेछ अमेरिकामा ।

घरले जा–जा र बनले आइज–आइज भन्ने बेलामा शारिरिक नियमित उपचार, नियमित औषधिको प्रबन्ध, बस्ने बास, दैनिकी खर्च चलाउन तपाइसँग रकम भै दिएन भने तपाइको अबकाश र बुढौली जीवन सकसपूर्ण मात्रै नभै थुप्रै हन्डर खानु हुनेछ ।

घरमा हेरिदिने, आफु अशक्त हुँदा हेरबिचार गरिदिने, अस्पताल पुर्याइदिने र ल्याइदिने, खानपिन र लुगाफाटा र अन्य घरायसी कामकाज गरिदिने मानिस नहुदा अमेरिकामा होम केयर सिस्टम, असिस्टेन्ट लिभिङ्ग केयर, नर्सिङ्ग होम केयर सेन्टर, एल्डर केयर सेन्टर र हसपिसमा अमेरिकन बुढाबुढी अशक्तहरुको बाढि छ ।

यस्तो कामकाजी सेवा, हेरबिचार सेवाका लागि मात्रै न्यूनतम ५० डलर देखि ३०० डलरसम्म खर्च लाग्ने गर्दछ । त्यो पनि ठाउ हेरि हेरि हुनेछ । एउटा मानिस, एक जोडि बुढाबु्ढीका लागि होम केयर, असिस्टेन्ट लिभिङ्ग केयर, नर्सिङ्ग होम वा एल्डरल्ली केयर फ्यासिलिटीको खर्च हेर्दा डर लाग्दो छ ।

महिनाको २ हजार डलरदेखि १० हजार डलरसम्म प्रति ब्यक्ति मासिक खर्च लाग्न सक्दछ । यो खर्चमा सरकारी मेडिकेयर, सरकारी मेडिकेडलाइ उल्लेख गरिएको छैन । यो खर्चमा अमेरिकी सरकारले केहि हदसम्म ब्यहोर्ने छ तर यसको केहि भाग आफैले ब्यहोर्नु पर्नेछ ।

ल अब आफै भन्नुहोस कि, तपाइसङ्ग सेभिङ्ग भएन, तपाइलाइ केयर सेन्टरमा राखि सुबिधा सहित वा न्यूनतम सेवा प्राप्त गरि बस्न र राखिदिने परिवार वा छोराछोरी भएनन् भने तपाइको बुढौलि जीवन सास्तिपूर्ण हुनेछ ।

त्यसैले आजैबाट अहिल्लैबाट भबिश्यका लागि आर्थिक जोहो र सेभिङ्ग गर्न थाल्नुहोस् ।

नत्र बुढो र थोत्रो शरिर बोकेर नेपाल जाने ? छनौट तपाइको र च्वाइस पनि तपाइकै । मेरो सुझाव र सल्लाह मात्र तपाइको भबिश्यको लागि ।

वि.सं.२०८० चैत २६ सोमवार १५:०५ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...