back

श्रीलङ्कामा बैङ्क प्रशासन सुधारका लागि सरकारी प्रतिवद्धता

वि.सं.२०८० चैत २७ मंगलवार

399 

shares
RBB AD
NTC AD

कोलम्बो । सरकारी स्वामित्वका बैङ्कहरूको प्रशासनमा सुधार गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रस्तावमा सरकार प्रतिवद्ध देखिएको छ ।

श्रीलङ्काको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले आइएमएफसँगको एक कार्यक्रमअन्तर्गत सरकारी स्वामित्वका बैंकहरूको प्रशासनमा सुधार गर्ने प्रस्तावलाई सोमबार अनुमोदन गरेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा गुणवर्धनाले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क र श्रीलङ्काको केन्द्रीय बैङ्कका प्रतिनिधि सम्मिलित समितिले स्वीकृत सुधारको पहिचान गरेको बताए ।

सुधार प्रस्तावले सरकारी स्वामित्वका बैङ्कहरूको सुशासन, जोखिम व्यवस्थापन र सुपरिवेक्षणमा देखिएका कमजोरीलाई सम्बोधन गर्न खोजेको उल्लेख गर्दै उनले ती सुधारलाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले विश्व बैङ्कको बजेट सहायता (ऋण) यस पहिले तोकिएका काम पूरा भएपछि मात्र वितरण गरिने जानकारी दिए ।

मार्च २०२३ मा, आईएमएफले श्रीलङ्काको आर्थिक नीति र सुधारलाई समर्थन गर्न लगभग तीन अर्ब अमेरिकी डलरको आर्थिक सुधार कार्यक्रमअन्तर्गत ४८ महिनाको विस्तारित व्यवस्थालाई अनुमोदन गरेको थियो । (रासस/एएफपी)

 

वि.सं.२०८० चैत २७ मंगलवार २०:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति...

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

टोक्यो । समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको...

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

क्यानबेरा । अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय...

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय

अस्ताना । आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने

माले । माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले सोमबार...