Logo
१ भाद्र २०७९, बुधबार
     Wed Aug 17 2022
E-paper
  English Edition
   Unicode
Logo

कोरियाबाट साझा पार्टीका उमेदवारलाई सहयोग गरिने



sajha-party-baithak
साझा पार्टीमा आस्था राख्ने कोरियावासी नेपालीले साझा पार्टीका उमेदवारलाई जिताउन सहयोग गर्ने निर्णय गरेको हो । साझा सदभाव समूह कोरिया केन्द्रले राजधानी सोलस्थित आयोजना गरेको दोस्रो औपचारिक भेटघाट कार्यक्रम तथा पूर्ण बैठकले सो निर्णय गरेको हो । बैठकले नेपालमा रहेका आफ्ना आफन्तलाई क्यामेरा र सेलरोटीमा मतदान गर्न आग्रह गर्ने बताएको छ ।
साझा पार्टीले काठमाडौं र ललितपुर दुई ठाउँबाट मात्रै स्वतन्त्र उमेद्धारी दिएको छ । काठमाडौंबाट मेयरमा किशोर थापा, उपमेयरमा निरुपमा यादव र ललितपुरबाट मेयरमा रमेश महर्जन र उपमेयरमा शोभा शाक्यलाई अगाडी सारेको छ । साझा पार्टीका उमेद्धारहरु विजयी भएर काम गर्न पाएमा समृद्धिका धेरै नमुनाहरु सुरुआत हुने पक्का भएकोले सबैले निर्धक्क मतदान गर्नुपर्ने एक सहभागीले बताए ।
sajha-party-koreaनेपाली राजनितिक दलहरुको सिण्डिकेट, चुनावी तालमेलको नाममा अपवित्र गठबन्धनले मूलुकलाई कहीं नपु¥याउने भएकोले इमान्दार, दक्ष, सवल र सक्षम उमेद्धार साझा पार्टीले अघि सारेको बेला सबैले एकपटक मत दिएर हेर्नुपर्ने सहभागीहरुको भनाई थियो साझा पार्टी कोरिया केन्द्रले केन्द्रीय कार्यलयलाई एकथान ल्यापटपसमेत सो अवसरमा हस्तान्तरण गरेको छ ।
कोरिया क्षेत्रगत सङ्गठनलाई व्यावस्थित गर्न सचिवालयलाई जिम्मेवारी दिदै कोरियाको समूहले आफुहरु पूर्ण राजनैतिक विशेषता बोकेर राजनिति गर्नेभन्दा पनि कसरी स्वदेशमै उद्यमशील बन्न सकिन्छ ? राजनितिलाई कसरी उत्पादनसँग जोडेर समृद्धितिर अघि बढ्न सकिन्छ ? यस विषयमा ठोस पहल कदमी अघि बढाउदै समृद्धि आफ्नै जीवनकालमा संभव बनाउन सक्दो सकेको सहयोग र योगदान गर्ने बत्ताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको