back

जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा

वि.सं.२०८० चैत २८ बुधवार

309 

shares
RBB AD
NTC AD

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजामती कर्मचारी अस्पतालसँगको सहकार्यमा जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

उक्त कार्यका लागि कामपा र निजामती अस्पतालबीच सहमति भइसकेको कामपाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए । उनका अनुसार सार्वजनिक साझेदारीको अवधारणाअनुरूप आपसी समन्वय र सहकार्यका माध्यमबाट महानगरवासीलाई नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हक उपलब्ध गराउन आपसी क्षमता आदानप्रदान गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो । यसबाट नागरिकले स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवा सहज रुपमा पाउने उनकोे भनाइ छ ।

समझदारीबमोजिम महानगरले सिफारिस गरेका ७५ वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, जनप्रतिनिधि कर्मचारीको पूर्ण स्वास्थ्य जाँचसहितका काममा सहकार्य हुने भएको परियारले जानकारी दिए । उनका अनुसार ज्येष्ठ नागरिकका लागि अस्पतालमा छुट्टै परीक्षण कक्ष स्थापना गरेर इसिजी, ब्लड सुगर, सिबिसी, एक्स–रेसहित १० किसिमका स्वास्थ्य परीक्षण हुनेछन् ।

महिलाहरूमा देखा पर्नसक्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानका लागि महानगरले प्रजनन उमेरका महिलाका लागि सञ्चालन गर्ने शिविरबाट पठाइएकाको एचपिभी डिएनए परीक्षण, बायोप्सी, लिप परीक्षण (लुप इलेक्ट्रो सर्जिकल एक्सिसन प्रोसिड्युर) र मेमोग्राम परीक्षण हुनेछन् ।

यस्तै, परिचयपत्र वा सिफारिसका आधारमा कर्मचारी र जनप्रतिनिधिका लागि युएसजी, इसिजी, युरिन, ब्लड सुगर, लिपिड प्रोफाइलसहित विभिन्न १६ किसिमका परीक्षण हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत परियारले जानकारी दिए । उनका अनुसार माथि उल्लिखित सेवा प्राप्त गर्नका लागि तोकिएबमोजिम बिरामीलाई कामपाले सिफारीस गर्नुपर्ने छ ।

सिफारिसपत्रका आधारमा निजामती अस्पतालले सेवा सहमतिअनुसारको सेवा उपलब्ध गराउनेछ । उपचारमा लागेको खर्च कामपाले उपलब्ध गराउने जनाइएको छ ।

महानगरपालिकाका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट पठाइएका बिरामीको छुट्टै कक्षबाट उपचार गरिनेछ । उक्त केन्द्रबाट गरिएका जाँच तथा स्वास्थ्य परीक्षण प्रतिवेदनलाई अस्पतालले मान्यता दिनेछ ।

अस्पतालले महामारी तथा आकस्मिक रूपमा देखा पर्न सक्ने रोगको न्यूनीकरण, रोकथाम र उपचार, स्वास्थ्य बीमा सञ्चालनमा सहजीकरण, स्वास्थ्य प्रणालीमा सुधार, स्रोत साधन तथा उपकरणको व्यवस्थापन र भौतिक संरचना निर्माण तथा मर्मतसम्भारको विषयमा पनि कामपासँग सहकार्य गर्न सकिने जनाएको छ ।

 

वि.सं.२०८० चैत २८ बुधवार १३:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले...

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने...

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका...

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके...

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई...

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा...