back

शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’ जडान

वि.सं.२०८० चैत २८ बुधवार

360 

shares
RBB AD
NTC AD

बरहथवा (सर्लाही) । निःशुल्क पिउने पानी सुविधाका लागि सर्लाहीको हरिवन बजार क्षेत्रमा ‘वाटर डिस्पेन्सर’ जडान गरिएको छ । आज हरिवन नगरपालिका–११, बजार क्षेत्र र वडा नं ९, नयाँरोड चोकमा आधुनिक ‘वाटर डिस्पेन्सर’ जडान गरिएको हो ।

उद्योग वाणिज्य सङ्घ हरिवनको पहलमा विभिन्न दाताको सहयोगमा पिउने पानीको मेसिन जडान गरिएको सङ्घका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए । ‘वाटर डिस्पेन्सर’ जडानपछि बजार आउने–जाने नागरिकले निःशुल्क स्वच्छ पानी पिउन पाउने उनकोे भनाइ छ ।

पोतेका अनुसार हाललाई हरिवन बजार क्षेत्रमा दुई थान र नयाँरोड चोकमा एक थान मेसिन जडान गरिएको हो । ‘वाटर डिस्पेन्सर’बाट चिसो–तातो पानी निकालेर जो कसैले सजिलै पिउन सक्ने उनको भनाइ छ ।

यस क्षेत्रका सार्वजनिक ट्युवेलहरु खडेरीका कारण सुक्ने भएकाले बोतलको पानी किनेर पिउनुपर्ने बाध्यता थियो । अब पानी पिउनुपर्दा पैसा नभएर काकाकुल हुनु नपर्ने सङ्घका सदस्य युवराज भण्डारीले बताए । उक्त वाटर डिस्पेन्सर खरिदका लागि देश तथा विदेशबाट सहयोग प्राप्त भएको उनले जानकारी दिए ।

तीन थान मेसिन रु एक लाख ३० हजारमा खरिद गरिएको थियो । तत्कालका लागि एक थान मेसिन सञ्चालनको जिम्मा हरिवनमा रहेको चण्डेश्वरी डिपार्टमेन्टल स्टोर्स र दुई थान प्रभु बैङ्क हरिवन शाखाले लिएको सङ्घका अध्यक्ष पोतेले जानकारी दिए । उनका अनुसार हरिवन खानेपानी र बृहत् खानेपानी बागमतीले निःशुल्क खानेपानी लाइन जडान गरिदिएका छन् ।

मेसिनको औपचारिक कार्यक्रमबीच आज उद्घाटन गरिएको छ । नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा मेसिनको उद्घाटन गरिएको हो । कार्यक्रममा नगरकी उपप्रमुख हरिमाया घलान, इलाका प्रशासन कार्यालयका प्रमुख राजकुमार थापा, वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो । सोही कार्यक्रमबीच सहयोगी दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

 

वि.सं.२०८० चैत २८ बुधवार १३:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले...

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने...

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका...

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके...

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई...

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा...