back

आईपिओ निष्काशन गर्दै दुई कम्पनी

वि.सं.२०८० चैत २९ बिहीवार

804 

shares
RBB AD
NTC AD

काठमाडौं । दुई कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेड र पियोर इनर्जी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको हो । यी दुबै कम्पनीको चैत्र २८ गते बसको संचालक समितिको बैठकले आईपिओ निष्काशनको प्रस्तावसहित विशेष साधारण बोलाएका हुन् ।

निलगिरी खोला हाइड्रोपावरको सभा वैशाख २० गते, आर.बी कम्लेक्स, लाजिम्पाट, काठमाडौंमा बिहान साढे १० बजेदखि सुरु हुनेछ । सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सर्वसाधारणलाई छुट्याइएको शेयर बाहेकको जारी पूँजीमा चुक्त हुन बाँकी शेयर सम्बन्धमा छलफल हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी, पियोर इनर्जीको सभा वैशाख १६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहानको १० बजेदेखि सुरु हुनेछ । सभामा ऋण सुविधा प्राप्त गर्ने तथा अख्तियारी सम्बन्धमा छलफल हुनेछ । कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्काशनको मागसहित धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

वि.सं.२०८० चैत २९ बिहीवार १२:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४...

नेप्से र कारोबार दुवै घट्यो

नेप्से र कारोबार दुवै घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

काठमाडौं । आज साताको तेस्रो दिन सेयर बजारले २ हजार...

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

काठमाडौं । हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले गत...