
२५ बैशाख, काठमाडौं । बेलायतको दोस्रो डिभिजनको फुटबल प्रतियोगिता च्याम्पियनशिपको उपाधि न्युकासल युनाइटेडले जितेको छ । आइतबार राति भएको खेलमा न्युकासलले बान्सीलाई ३ ० ले हराए सगँै न्युकाशलले उपाधि जितेको हो । उपाधिसगँै न्युकासल प्रिमियर लिगमा समेत बढुवा भएको छ । लिगको शीर्ष स्थानमा रहेको ब्राइटन अन्तिम खेलमा एस्टन भिल्ला सँग एक एक गोलको बराबरीमा रोकिए सँगै राफाल बेनिटेज म्यानेजर रहेको टिम न्युकासलले उपाधि जितेको हो । अघिल्लो सिजन रेलिगेशनमा परेको युनाइटेड पहिलो सिजनमै प्रिमियर लिगमा बढुवा भएको हो ।