
काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय महिला बिभागको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । चितवनमा बिहिवार भएको सम्मेलन ३५ सदस्य कमिटी निर्वाचित गर्दै सम्पन्न भएको हो । अन्य सात सदस्य बैठकबाट गरिने जनाइएको छ ।
निर्वाचित हुने पदाधिकारीहरुमा संयोजक-छाया रेग्मी(काठमाडौँ), सह संयोजक-बिष्णु मरहट्टा(लमजुङ), सचिव-माधवा भुसाल (अर्घाखाँची),सह-सचिव अर्थ-शुशिला शर्मा (सुर्खेत) र सह सचिव-अर्चना ढुङेल(मोरङ) रहेकी छन् ।
त्यसैगरी, सदस्यहरुमा इन्दु नायक (धनुषा), मन्दिरा पोख्रेल (सर्लाही), उषा सापकोटा (पर्सा),दुर्गा दाहाल (उदयपुर), कृष्ण कला चापागाईं (पाँचथर), सोमकुमारी ढकाल (ओखलढुंगा), देवकी भट्टराई (गोर्खा), प्रतीभा अधिकारी (कास्की), सरस्वती नेपाली(म्यादी), सिमोन पुन(रुकुम), देवका बम(कालिकोट), राधा पोख्रेल (चितवन), पार्बती कडरिया(रामेछाप), गायत्री रुपाखिते (मकवानपुर), पारुला खड्का (दोलखा), बिमला चौलागाईं (सिन्धुली), जयन्ता घिमिरे (दाङ), बिन्दु सिंह(रोल्पा), शुशिला गोसाइ(बाके), गङा रावत (कंचनपुर), जैसरा शर्मा(कैलाली) र निर्मला बुढा साउद(आछाम) रहेकी छन् ।
वि.सं.२०८० चैत ३० शुक्रवार ११:३२ मा प्रकाशित