Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

छोरीलाई उम्मेदवार बनायो भनेर किन यति रोइलो ?



right-candidate
यतिबेला उम्मेदवारमा को नेताले को आफ्नो मान्छेलाई उठायो भन्ने प्रसङ्गले सामाजिक सञ्जालहरु तातेको छ । भने कतिले यसैलाई विरोधको मुद्धा पनि बनाइरहेका छन् । स्थानीय मुद्धाको प्रतिबद्धता आउनु पर्ने बेला व्यक्तिगत रुपमा अरुलाई सिध्याउने र चरित्र हत्या गर्ने खालका अभिव्यक्तिले एकछिनको तुष्टि त मिल्ला तर यसले राजनीतिलाई विकृत गराउँदछ ।

राजनीतिमा लाग्दा परिवारले कति दुःख पाउँछन, परिवारले कति त्याग गर्नु परेको हुन्छ, त्यो भोग्नेलाई थाहा होला । तर त्यहि परिवार भित्रका कसैलाई अवसर दिइँदा वा पाउँदा यति बिघ्न रोइलो गर्नु पदैन । राजनीतिमा लाग्ने बाबुआमा छोराछोरी राजनीतिमै लागुन भन्ने भन्ने धेरैको चाहना हुँदैन । त्यसैले हेर्ने हो भने राजनीति गरेका बाबुआमाका सन्तान अरु नै पेशामा संलग्न हुन्छन् । बाबुआमा पनि राजनीतिकै आडमा आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्ने ध्याउन्नमा हुन्छन् । तर जनताका छोराछोरीलाई आश्वासन बाँड्दै आन्दोलित हुन र शहिद बन्न उक्साउने गर्छन् । किन उनीहरुले आफ्ना छोराछोरीलाई आन्दोलनमा अघि सार्दैनन् । जब एउटा परिवार भित्रकै मान्छेलाई राजनीतिमा ल्याउन सक्दैनन् के मुखले राजनीति गर्न ? मिठा गफ छाँटेर जनताका छोराछोरी किन बिगार्नु ? यदि आफ्ना छोराछोरी राजनीतिमा लागुन भन्ने चाहँदैनन् भने कोही नेताका छोराछोरी राजनीतिमा सक्रिय छन् भने उनीहरुको अबमूल्यन गर्ने अधिकार पनि त्यस्ता व्यक्तिहरुलाई हुँदैन ।

राजनीतिमा कहिल्यै सक्रिय नै नभएको व्यक्ति यदि परिवारका कोही ठूलो पदमा रहेको कारण मात्र अवसर पाउँछ भने त्यहाँ विरोध गर्नुको औचित्यता रहन्छ, तर परिवार नै राजनीतिमा लागेको छ, राजनीतिमै जीवन बिताएको छ भने परिवारलाई निगाहमै नजरमा हेरि उसको अवमूल्यन गर्नु कदापी न्यायोचित हुँदैन । बरु खोजी गरुँ को नेताले आफ्ना छोराछोरीलाई राजनीतिमा सँगै लिएर हिडेको छ ? बरु खोजि गरुँ को नेताका छोराछोरी देशमै बसेर राजनीतिमा सक्रिय छन्, को नेताले आफ्ना छोराछोरीलाई विदेशका महँगा विश्वविद्यालयमा अध्ययन गर्न पठाई भविष्य सुरक्षित गरिरहेका छन् । राजनीतिकै आडमा छोराछोरीलाई महँगा कलेजमा पढाइरहेका छन् ?

कसैको योग्यता, क्षमता र त्यागलाई अपमान हुने गरी परिवारको अन्य सदस्यसँग जोडेर गरिने राजनीति अन्त्य हुनुपर्दछ  । असक्षम व्यक्ति छ, वा उसलाई टपप्क टिपेर ल्याइएको हो भने विरोध गर्नुको औचित्यता रहन्छ तर क्षमतावान व्यक्तिलाई हिनताबोध हुने गरि टिकापिप्पणी गर्नु राजनीतिक चरित्र हुन सक्दैन । नेताहरुले आफ्ना छोराछोरी सुरक्षित बनाउने अनि जनताका छोराछोरीलाई आन्दोलनमा उतार्ने गरिएका कारण आन्दोलनले उपलब्धि प्राप्त गर्न नसकेको हो । आफ्नोलाई घाउ लाग्दा मात्र दुख्ने मानवीय चरित्र अनुसार यदि नेताका छोराछोरी नै नेतृत्व गरेर अघि बढ्थे भने आन्दोलनले पनि सफलता प्राप्त गर्न सक्थ्यो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १