back

कर्णालीसहित तीन प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना !

वि.सं.२०८१ वैशाख २ आइतवार

324 

shares
RBB AD
NTC AD

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै र बाँकी पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, राती सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

वि.सं.२०८१ वैशाख २ आइतवार ०७:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

गलकोट (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान...

प्रधानमन्त्री भन्छन्-सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्यो

प्रधानमन्त्री भन्छन्-सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्यो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र...

आज प्रतिनिधि सभाको बैंठक बस्दै, खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद्

आज प्रतिनिधि सभाको बैंठक बस्दै, खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद्

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक...

मिथिला क्षेत्रमा आज गङ्गा दशहारा पर्व मनाइँदै

मिथिला क्षेत्रमा आज गङ्गा दशहारा पर्व मनाइँदै

महोत्तरी । हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् ।...

गण्डकीसहित चार प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

  काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव...

राष्ट्रपति पौडेल बर्लिनमा

राष्ट्रपति पौडेल बर्लिनमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका...