back

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

वि.सं.२०८१ वैशाख २ आइतवार

426 

shares
RBB AD
NTC AD

काठमाडौँ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नाराका साथ शैक्षिकसत्र–२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर सुरु भएको छ ।

अभियानको पहिलो दिन आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभियान सफल बनाउन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भर्चुअल माध्यमबाट अन्तक्र्रिया गरी केन्द्रले सबै स्थानीय तहका शिक्षा प्रमुख, इकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घलाई आग्रह गरेको हो ।

मन्त्री श्रेष्ठले शिक्षा पाउने नागरिकको संवैधानिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएकाले सबैले सहयोग गर्न आग्रह गरिन् । अभियानकै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न आग्रह गरेकी छिन् ।

केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि तीनै तहका सम्बन्धित निकायमा पठाएको छ । केन्द्रका महानिर्देशक दीपक शर्माले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरी विद्यार्थी भर्नाको शुभारम्भ गरिने जानकारी दिईन् ।

यसैगरी यही वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, सूचना र आह्वान, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहणका लागि आह्वान गर्ने कार्यक्रम छ । अभियानअन्तर्गत यही वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गराइनेछ । वैशाख १० गतेसम्म भर्ना भएका विद्यार्थीलाई सोही दिन पोसाक र छात्रवृत्ति वितरण गरिनेछ ।

वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय इकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालयमा पठाइने छ । अधिकांश निजी लगानीका विद्यालयले वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन् ।

केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार हाल पूर्व प्राथमिक तहको कूल भर्नादर ९४ दशमलव ९ प्रतिशत पुगेको छ ।

 

वि.सं.२०८१ वैशाख २ आइतवार १२:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गण्डकीसहित चार प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको...

भन्सार कार्यालयद्वारा करिब १३ अर्ब राजस्व सङ्कलन

भन्सार कार्यालयद्वारा करिब १३ अर्ब राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको...

यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

नेत्र सुवेदी ‘प्रयास’ काठमाडौँ । असारको पहिलो हप्ता भएको हुँदा...

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा...