back

अन्तर प्रदेश खेलकुद प्रतियोगिता : महिला फुटबलको उपाधि कोशीलाई

वि.सं.२०८१ वैशाख २ आइतवार

243 

shares
RBB AD
NTC AD

भरतपुर । चितवनको भरतपुरमा जारी अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । भरतपुर–१९ स्थित बखान मिनी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई २-० गोलअन्तरले पराजित गर्दै कोशीले उपाधि जितेको हो ।

प्रतियोगिताको १२औँ मिनेटमा कोशी प्रदेशका लागि जेनिफर रानामगरले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । कोशीको जित पक्का गर्न खेलको ३८औँ मिनेटमा समीक्षा रानामगरले दोस्रो गोल गर्न सफल भइन् ।

उत्कृष्ट प्रर्दशन गरेकी कोशीकी सिम्रन राई ‘प्लेयर अफ दी म्याच’ हुन सफल भइन् । प्रतियोगितामा उत्कृष्ट डिफेन्डर कोशी प्रदेशका कुश्मा राई, उत्कृष्ट गोलरक्षक कोशीका सुशीला केसी, उत्कृष्ट प्रशिक्षक कोशीका सुरेन्द्र तमाङ र उत्कृष्ट मिडफिल्डर भने सुदूरपश्चिम प्रदेशका बिर्सना चौधरी भइन् ।

प्रतियोगिताको उपाधि जित्न सफल कोशी र उपविजेता सुदूरपश्चिम प्रदेशलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न विधाका खेल भइरहेका छन् ।

वि.सं.२०८१ वैशाख २ आइतवार १५:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

नेत्र सुवेदी ‘प्रयास’ काठमाडौँ । असारको पहिलो हप्ता भएको हुँदा...

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा...

द्वन्द्वमा बलात्कृत महिलाहरूको स्वास्थ्य अवस्था भयावह 

द्वन्द्वमा बलात्कृत महिलाहरूको स्वास्थ्य अवस्था भयावह 

काठमाडौँ । द्वन्द्वमा बलात्कारपीडित महिलाहरूको स्वास्थ्य अवस्था भयावह देखिएको छ...

कालिका मन्दिर : जेठ महिनामा सबैभन्दा कम भेटी सङ्कलन

कालिका मन्दिर : जेठ महिनामा सबैभन्दा कम भेटी सङ्कलन

गलकोट (बागलुङ) । नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती...