back

महालक्ष्मी विकास बैंकको सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता

वि.सं.२०८१ वैशाख २ आइतवार

435 

shares
RBB AD
NTC AD

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ ।

नयाँ वर्ष २०८१ अवसर पारेर सार्वजनिक गरिएको यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि– आश्वा तथा टि. एम. एस खाताको सुविधा एकै खाता मार्फत लिन सक्नेछन् ।

शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टि. एम. एस खाता निशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि– आश्वा दर्ता गर्न पनि शुल्क लाग्ने छैन । टि. एम. एस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयंमले नै गर्नेछ ।

यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेको जनाएको छ ।

२०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

वि.सं.२०८१ वैशाख २ आइतवार १५:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
धमाधम फाईल खोल्न महामन्त्री गगनको सुझाव

धमाधम फाईल खोल्न महामन्त्री गगनको सुझाव

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि...

चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के...

धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

काठमाडौँ । यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव...

अन्तराष्ट्रियस्तरको महासमिति बनाउन रवि लामिछानेको चुनौती

अन्तराष्ट्रियस्तरको महासमिति बनाउन रवि लामिछानेको चुनौती

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अन्तराष्टियस्तरको महासमिति बनाउन...

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुर (गाईघाट) । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको...