back

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

वि.सं.२०८१ वैशाख ५ बुधवार

978 

shares
RBB AD
NTC AD

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा नेपाल फर्किएकी छन् ।
गैरआवासीय नेपाली संघ युकेको निमन्त्रणामा बेलायत पुगेकी थापाले बेलायतमा रहंदा त्यहाँका भूतपूर्व गोर्खा सैनिकका श्रीमतिहरुको जीवनी र दिनचर्याको खोजी तथा अनुसन्धान गरेकी थिइन् ।

दोस्रो विश्वयुद्ध, ब्रुनियो युद्ध, मलाया युद्ध र फकल्याण्ड युद्धमा गोर्खा महिलाको भूमिकाबारेमा अनुसन्धान गर्न बेलायत पुगेकी उनले विशेष गरि ज्येष्ठ गोर्खा पत्नीहरूको अनुभवमा ध्यान केन्द्रित गरेकी थिइन् ।

बेलायतमा अनुसन्धानका क्रममा उनले आफ्नो परियोजनाका लागि महत्वपूर्ण जानकारी संकलन गरी करिब ८ सय ज्येष्ठ गोर्खाहरूसँग प्रत्यक्ष रूपमा साक्षात्कार गरिको बताइन् । उनले ७५ वर्षभन्दा माथिका २० जना गोर्खा श्रीमतीसँग अन्तर्वार्ता तथा अनुभव संकलन गरेकी थिइन् । ती विवरणहरुका आधारमा उनले निकट भविष्यमा ’गोर्खा वीमनः एन इको इन द स्टोरी’ वृत्तचित्र एवं चलचित्र निर्माण गर्ने समेत बताइन् ।

सुजनाले बेलायतमा रहेका स्थानीय नेपाली समुदाय, विशेषगरी गोर्खा ज्येष्ठ नागरिक र विभिन्न गोर्खा संघसंस्थाबाट उल्लेख्य सहयोग प्राप्त गरेको जनाउंदै सबै सहयोगीप्रति आभार समेत व्यक्त गरेकी छन् ।

एनआरएनए यूकेका अध्यक्ष गाहामगरले सुजानाले आफ्नो बेलायतको अनुसन्धान प्रतिवेदन ३–४ हप्ता भित्र पठाएपछि उनको परियोजनालाई अगाडि बढाउन थप सहयोग गर्ने बताए ।

सुजानाले एनआरएनए यूकेले ३ मार्चमा अल्डरसटस्थित प्यालेसमा गरेको अन्तर्राष्ट्रिय नारी दिवसमा विशेष आतिथ्य ग्रहण गरेकी थिइन् । साथै अल्डरसटमा मगर दिवस, रेडिङमा द फर्गटन ब्रिटिश गोर्खा भेट्रान्ससंग साक्षात्कार, जीआरएनसीको अन्तर्राष्ट्रिय नारी दिवस, गोर्खा कर्नर ननिटनमा अन्तरक्रिया, लन्डन हिलिङडनमा युवा र गोर्खा सिनियर सिटिजनसंग साक्षात्कार, भार्सेली समाज यूकेको केन्ट टनब्रीज र गोर्खा नेपलिज कम्युनिटी मेडस्टन एवं मेडस्टोन महिला कम्युनिटीको कार्यक्रममा समेत सहभागीता जनाएकी थिइ्न् ।

त्यसैगरि, फोकस्टन नेपलिज कम्युनिटीमा वृद्धवृद्धासंग अन्तरक्रिया, गोर्खा म्यूजियम अवलोकन, ओम थापा काउचाको सहयोगमा कोर्नवाल भ्रमण, रिम गलामीको संयोजनमा स्वीन्डनका गोर्खा भेट्रानहरुसंग भेटघाट गरिन् भने रसमोर मद्दत समूहको कार्यक्रममा सहभागी भइन् । ।

उनलाई बिजिडब्लुएस्, मगर महिला संघ यूके, जीआरएनसी आदि संस्थाले सम्मान तथा विदाइ समेत गरेका थिए ।


सुजाना डकुमेन्ट्री मेकर, चित्रकार र पत्रकार पनि हुन् । उनले गत नोभेम्बरमा नेपाल आर्ट काउन्सिलमा गोर्खाका श्रीमतिहरुको कथा झल्काउने चित्रकला प्रदर्शनी ’गोर्खा वीमनः एन इको इन द स्टोरी’ सफलतापूर्वक गरेकी थिइन् । पोट्रेटस, अडियो–भिज्यूअल सामग्री, कलाकृतिहरु आदि समावेश भएको उक्त प्रदर्शनीले धेरै दर्शकको ध्यान खिचेको थियो ।

उनले सन् २०१८ मा ’भार्सेली गोर्खाः फ्रम स्टोरिज टु पोट्रेटस’ नाममा काठमाडौं, बुटवल र गुल्मीको भार्सेमा एकल चित्रकला प्रदर्शनी पनि गरेकी थिइन् ।

उनको सामूहिक चित्रकला प्रदर्शनी ’ब्ल्याक एण्ड ह्वाइट’ भने सन् २०१५ मा काष्ठमाण्डप आर्ट स्टुडियोमा भएको थियो ।

’गाउं आएको बाटो’ (अ रोड टु अ भिलेज) फिचर फिल्ममा पनि उनले आर्ट डिरेक्टरको भूमिका निर्वाह गरेकी थिइन् । हिट्स एफएममा झण्डै ७ वर्ष रेडियो प्रस्तोता समेत भएर काम गरेको अनुभव उनीसंग छ ।


एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, सल्लाहकार ओम बुढाथाकी र ओसिन थापा काउचाले हिथ्रो एयरपोर्टमा पुगेर सुजनाको विदाइ गरेका थिए ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको निमन्त्रणामा बेलायत पुगेकी सुजनालाई आइसीसी सदस्य एवं गोर्खा विभाग प्रमुख ओम थापा काउचाले त्यहाँ रहने बन्दोवस्ति लगायतमा सहयोग गरेका थिए ।

वि.सं.२०८१ वैशाख ५ बुधवार १३:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
धमाधम फाईल खोल्न महामन्त्री गगनको सुझाव

धमाधम फाईल खोल्न महामन्त्री गगनको सुझाव

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि...

चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के...

धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

काठमाडौँ । यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव...

अन्तराष्ट्रियस्तरको महासमिति बनाउन रवि लामिछानेको चुनौती

अन्तराष्ट्रियस्तरको महासमिति बनाउन रवि लामिछानेको चुनौती

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अन्तराष्टियस्तरको महासमिति बनाउन...

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुरमा हावाहुरीले करोडौँको क्षति

उदयपुर (गाईघाट) । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको...