back

‘स्थानीय तह निर्वाचन लैङ्गिक अनुगमन समिति’ स्थापना

वि.सं.२०७४ वैशाख २५ सोमवार

504 

shares
GLOBAL IME AD
NTC AD

२५ वैशाख, काठमाडौँ  । राष्ट्रिय महिला आयोगले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी ‘स्थानीय तह निर्वाचन लैङ्गिक अनुगमन समिति’ स्थापना गरेको छ ।

निर्वाचन आयोगको निर्देशनमा स्थापना गरिएको सो समितिले यही वैशाख ३१ गते तथा जेठ ३१ गते हुने सो निर्वाचनमा लैङ्गिक विभेद भए÷नभएको अनुगमन गर्नेछ ।

आयोगका कर्मचारी तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिलाई प्रशिक्षण दिई पहिलो चरणमा हुने ३४ जिल्लाका ६६४२ मतदान केन्द्र तथा त्यसपछि हुने दोस्रो चरणको निर्वाचनमा बाँकी रहेका मतदान केन्द्रमा खटाउने महिला आयोगका सचिव तुलसीराम सेढाईंले जानकारी दिनुभयो ।

देशभर ७४४ मतदान केन्द्र तोकिएको छ । करिब दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचन तथा संविधानमा व्यवस्था गरिएअनुसारका पदमा महिला सहभागिताको भए÷नभएको समेत सो समितिले अध्ययन गर्नेछ ।

देशभर निर्वाचन सम्पन्न भएपछि अनुगमन गर्दा प्राप्त भएको प्रतिवेदन अभिलेख गरी निर्वाचन आयोगमा पठाइने नवगठित समितिका सदस्यसचिव यमेन्द्र उपाध्यायले बताउनुभयो ।

यसैबीच सोही सचिवालयले करिब १५० लैङ्गिक अनुगमनकर्तालाई आज निर्वाचनमा अनुगमन गर्दा निष्पक्ष भूमिका निर्वाह गराउने उद्देश्यले अनुशिक्षण कार्यक्रमसमेत सञ्चालन गरेको छ । सो कार्यक्रममा मतदाता शिक्षाका साथै अनुगमनकर्ताले पालना गर्नुपर्ने आचारसंहितासमेत सिकाइएको छ ।

अनुगमन गर्न जाने सङ्घसंस्थाका प्रतिनिधिले मतदान गर्ने केन्द्रबाहेकका स्थानमा मात्र अनुगमन गर्न पाइनेछ । आवश्यक भएमा निर्वाचन पूर्वमतदातालाई निष्पक्षताका साथ मतदानका बारेमा जानकारी दिने तथा बुझाउन निर्देशन दिइएको छ । रासस

वि.सं.२०७४ वैशाख २५ सोमवार १२:१० मा प्रकाशित

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

कलैया (बारा) । यहाँका किसानले तेलहनखेती गरी ११ हजार दुई...

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट...