back

धुलिखेललाई पर्यटनको हब बनाइने दलहरुको प्रतिबद्धता

वि.सं.२०७४ वैशाख २५ सोमवार

105 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

0बनेपा  । स्थानीय तह निर्वाचनका लागि धुलिखेलमा प्रमुख राजनीतिक दलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न धुलिखेलमा दलहरुले बाजागाजासहित घरदैलो अभियान तीव्र बनाएका छन् । खानेपानी, सडक, पर्यटन प्रवद्र्धनलगायत चुनावी नारा लिएर घरदैलो अभियान सुरु गरेका सबै राजनीतिक दलले निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने जिकिर गर्दै धुलिखेललाई पर्यटनको हब बनाउने बताएका छन् ।

स्थानीय तहमा लामो सयमको रिक्ततापछि हुन लागेको निर्वाचनमा खासगरी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने बताइएको छ । यसबाहेक धुलिखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल, फोरम लोकतान्त्रिक पार्टीलगायत पार्टी पनि प्रतिस्पर्धामा उत्रेका छन् ।

काँग्रेसका तर्फबाट धुलिखेल नगरपालिकाको नगरप्रमुखका उम्मेदवार रमेश हुमागाईं धुलिखेललाई पर्यटन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुहुन्छ । उहाँले धुलिखेललाई शिक्षा र स्वास्थ्यको समेत हब बनाइने बताउनुभयो । “पिछडिएको वर्ग, दलित, जनजातिको आर्थिक स्तर उकास्न सामाजिक सुरक्षाको विशेष व्यवस्था गरिनेछ,” उहाँले भन्नुभयो ।

यस्तै नेकपा (एमाले), काभ्रेपलाञ्चोकका उपाध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुखका उम्मेदवार अशोक व्याञ्जु धुलिखेल नगरपालिकाका सबै वडालाई विकास मोडलका रुपमा विकास गर्न उत्पादनको पहिचान गरिने बताउनुहुन्छ । उहााले दलित, जनजाति र पिछडिएको वर्गलाई परिषद् बनाएर आर्थिक उर्पाजनको काम गर्ने लक्ष्य लिएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट धुलिखेल नगरपालिकाको नगरप्रमुखका उम्मेदवार सरस्वती लामाले पर्यटन पूर्वाधार र निर्माणसँगै धुलिखेललाई कृषि पर्यटनका रुपमा विकास गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको बताउनुभयो । धुलिखेलको ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर विकासका योजना अघि बढाइने उहाँको भनाइ छ । “पुनः संरचनापछि हामीले नयाँ सोच र योजनाका साथ निर्वाचनमा सहभागी भएका छौँ त्यसैले हाम्रो योग्यता पहिचानको आवश्यकता छ,” उहाँले भन्नुभयो ।

धुलिखेल नगरपालिका आसपासको रविओपी, पात्लेखेत, देवीटार, शङखु, शारदा वतासेका केही वडा अहिले पुनः संरचनापछि धुलिखेल नगरपालिकाको क्षेत्रमा पर्छन् । १२ वटा वडा रहेको धुलिखेल नगरपालिकामा २० हजार चार सय ३० मतदाता सङ्ख्या रहेको छ । काठमाडौँबाट ३० किमीको दूरीमा धुलिखेल समुन्द्र सतहबाट करिब एक हजार ६ सय २५ मिटर उचाइमा अवस्थित छ । रासस

वि.सं.२०७४ वैशाख २५ सोमवार १२:२२ मा प्रकाशित

खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु

खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी...

आन्तरिक पर्यटकको रोजाइमा एग्रो रिसोर्ट

आन्तरिक पर्यटकको रोजाइमा एग्रो रिसोर्ट

गलकोट (बागलुङ) । स्थानीय खानाका परिकारसँगै प्रकृतिसँग रमाउँदै साहसिक पर्यटक...

पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी संरक्षणको पर्खाइमा

पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी संरक्षणको पर्खाइमा

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको...

बागलुङमा गाईघाट झरना र बराह ताललाई जोड्न पदमार्ग निर्माण सुरु

बागलुङमा गाईघाट झरना र बराह ताललाई जोड्न पदमार्ग निर्माण सुरु

बागलुङ । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण थालिएको...

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

गण्डकी । “विगतमा जनताका प्रश्न सिधैँ सरकारसमक्ष आउन सक्थेनन्, अहिले...

गडरायको आकर्षक गहना गोरखाली झरना, यस्तो छ झरनाको पौराणिकता

गडरायको आकर्षक गहना गोरखाली झरना, यस्तो छ झरनाको पौराणिकता

गडराय, छान्ना (बझाङ) । बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला...