back

कविता : नयाँ बर्ष

वि.सं.२०८१ वैशाख ८ शनिवार

405 

shares
RBB AD
NTC AD

भूपाल अधिकारी, बिराटनगर

सही सोच राखौँ न उल्टाहरूले ,
सधैँ आङ ढाकौँ न नाङगाहरूले ।
बढोस् प्वाँख सेता परेवाहरूका ,
जुनी फेरियोस् खास घोडा गधाका ।१।

दुई नेत्र हुन एक आँखेहरूका ,
सबै रोकियून् युद्ध साँढेहरूका ।
बनून् साँधुझैँ चोर ढाडेहरू नै,
सधैँ चम्किलो चम्क ध्वाँसेहरू नै ।२।

हटोस् झार मस्तिष्कका पोखरीको ,
यहाँ न्याय सम्मान होस् द्रौपदीको ।
अनेकौँ नहोस् खेल धोकाधडीको ,
सुखी जिन्दगानी बितोस् सादगीको ।३।

नझारून् न मोती परेलीहरूले ,
सकून् फुल्न बेली चमेलीहरूले ।
यता बन्द होस् मृत्युका कारखाना ,
जवानी नजाओस् उता बालुवामा ।४।

सयौँ थान आशा र इच्छा नयाँ होस्,
सदा झोपडीमा त छाना नयाँ होस् ।
सुतेका उठौँ आत्म सम्मान जागोस्,
सबै दुष्ट आत्माहरू दूर भागोस् ।५।

छन्द : भुजङ्गप्रयात

गण : य य य य

सङ्केत : lSS  lSS  lSS  lSS

अभ्यास परिश्रमी पाठशाला

वि.सं.२०८१ वैशाख ८ शनिवार ०६:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...