back

मुक्तक

वि.सं.२०८१ वैशाख ८ शनिवार

654 

shares
RBB AD
NTC AD

अरुण खड्का,काठमाडौं


फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा
नदोहोर्याउन कसैले भूल नयाँ वर्षमा
सच्याएर हिजोका कमीकमजोरी सब,
फुटुन् सद्भावका नयाँ मूल नयाँ वर्षमा ।


राखेर सबलाई शंकाको घेरामा
थुपारेर राग–द्वैष दुईदिने डेरामा
जलेर देह यो नहुँदासम्म खरानी,
रूमल्लिन्छ मान्छे तेरा र मेरामा ।


प्रेम र युद्धमा कुनै छेकबार हुँदैन
पर्खाल हुँदैन कतै काँडे तार हुँदैन
आउन् जतिसुकै बिघ्न बाधाहरू,
हुन्छन् उतारचढाव तर हार हुँदैन ।


तिम्रो पाउमा बज्ने म पायल भएको छु
ती नयनका तिरले म घायल भएको छु
भूल्नै नसकिने हाउभाउ तिम्रो बदनका,
कामुक इसाराले म कायल भएको छु ।


आजकलका नेताहरू सब चोर जस्तो लाग्छ
मसानघाटका हृिँसक ती अघोर जस्तो लाग्छ
चर्चा यस्तै चुलिएको छ गाउँ सहरमा अचेल,
सुन्दा तिनका फुस्रा भाषण बोर जस्तो लाग्छ ।

 

वि.सं.२०८१ वैशाख ८ शनिवार ०६:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...