शान्ता न्यौपाने, बेलबारी, मोेरङ
सधैं तिमी
मर्छुमर्छु भन्छौ
तर
तिमीलाई साच्चिकै थाहा छ
एकदिन म अवश्य मर्छु भनेर
किन
मेरो घरको बलिरहेको बत्ती
तिमी आएर झ्याप्प बन्द गर्छौ ।
बल्ल बल्ल मुस्कुराउँन थाल्छु
तिमी भने खुसी खोस्न थाल्छौ
म गोरेटो बनाउँन खोज्छु
तिमी
अहङ्कारको तगारोले
बाटो नै बन्द गरिदिन्छौ
तर तिमीलाइ साच्चिकै थाहा छ
म आजमात्र बाँच्छु कि
भोलि पनि बाँच्छु भनेर ।
अरु प्रतिको तिम्रोभाव जस्तो छ
तिम्रो जीवन तेस्तै बन्छ
सुधार्ने अरुलाइ होइन
तिमी आफू सुध्रिए
संसारमा
शान्ति र आनन्दका
स्वर्णिम किरणहरु छरिन्छन् ।
वि.सं.२०८१ वैशाख ८ शनिवार ०६:५२ मा प्रकाशित






























