back
CTIZAN AD

कविता : आत्मबोध

वि.सं.२०८१ वैशाख ८ शनिवार

3.3K 

shares

शान्ता न्यौपाने, बेलबारी, मोेरङ

सधैं तिमी
मर्छुमर्छु भन्छौ
तर
तिमीलाई साच्चिकै थाहा छ
एकदिन म अवश्य मर्छु भनेर
किन
मेरो घरको बलिरहेको बत्ती
तिमी आएर झ्याप्प बन्द गर्छौ ।

बल्ल बल्ल मुस्कुराउँन थाल्छु
तिमी भने खुसी खोस्न थाल्छौ
म गोरेटो बनाउँन खोज्छु
तिमी
अहङ्कारको तगारोले
बाटो नै बन्द गरिदिन्छौ
तर तिमीलाइ साच्चिकै थाहा छ
म आजमात्र बाँच्छु कि
भोलि पनि बाँच्छु भनेर ।

अरु प्रतिको तिम्रोभाव जस्तो छ
तिम्रो जीवन तेस्तै बन्छ
सुधार्ने अरुलाइ होइन
तिमी आफू सुध्रिए
संसारमा
शान्ति र आनन्दका
स्वर्णिम किरणहरु छरिन्छन् ।

 

वि.सं.२०८१ वैशाख ८ शनिवार ०६:५२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...