back

कविता : निखार काव्य ए कवि

वि.सं.२०८१ वैशाख ८ शनिवार

753 

shares
RBB AD
NTC AD

स्वर्ण शिखा, दाङ

नवीन यामको अहो सुरम्य बिम्ब देखियो,
नवीन रश्मिले नयाँ प्रभात द्वार खोलियो ।
भिरेर ओढनी हरा मसक्क मस्किइन् धरा,
भए हरा भरा गरा पठार टार कन्दरा ।१।

बगान वस्त्र छन् नयाँ सुवासयुक्त लाउँदै ,
सुवासकै सुधा पिई छ माहुरी रमाउँदै ।
नवीन तालमा चरी नयाँ छ गीत गाउँदै,
नवीन मिर्मिरेसितै नयाँ छ प्रीत लाउँदै ।२।

छ बैँस वृक्षमा नयाँ झपक्क भै पलाउँदै,
छ बैंस मार्गमा कतै मुसुक्क मुस्कुराउँदै ।
बताससङ्ग दौँतरी लगाउँदै छ पातले,
हलक्क हल्किँदै लता परे गमक्क मातले ।३।

जताततै छ बद्लिँदै धरा नवीन यामले,
नवीन शक्ति सङ्लिँदै छ यामकै प्रभावले ।
हिमाल शैल टाकुरा मधेस जोसमा उठे,
समस्त जीव लोकका नवीन कर्ममा जुटे ।४।

छ भासमा पुरातनी मनुष्यमात्र गाडिँदै ,
बनेर स्वार्थ लिप्त ऊ छ शून्यमा बरालिँदै ।
उही पुरानु पात्रमा भरी पुरानु ज्ञानले,
म क्रान्ति गर्छु भन्दछन् कठैबरा! मनुष्यले ।५।

पुरातनी दिमागका उखेल झार ए कवि,
नवीन सोचले कुँदी चिटिक्क पार ए कवि ।
वसन्तले बसुन्धरा सजाउँदै छ जे गरी ,
त्यही नयाँ कवित्वले निखार काव्य ए कवि ।६।

छन्द : पञ्चचामर
गण : ज र ज र ज गु

सङ्केत : lSl  SlS  lSl  SlS  lSl  S

 

वि.सं.२०८१ वैशाख ८ शनिवार ०६:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...