back

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

वि.सं.२०८१ वैशाख ११ मंगलवार

357 

shares
RBB AD
NTC AD

घोराही (दाङ) । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेका छन् । चैते धानले उनले जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उनी बताउँछन् ।

बर्सेनि चैते धान रोप्दै आएका घर्तीले हिजो रोपाइँ सकेका हुन उनले भने, “सिँचाइको सुविधा छ, उत्पादन पनि मनग्ये हुने भएकाले पहिलेदेखि नै चैते धानखेती गर्दै आएका छौँ ।” चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान र एक बाली गहुँखेती गर्दै आएका घर्तीले बर्खे धानको तुलनामा चैते धान अधिक फल्ने बताए । उनले यस वर्ष ११ रोपनी क्षेत्रफलमा धान रोपेका छन् ।

बङ्गलाचुलीका अर्का किसान मुगा डाँगी पनि अहिले चैते धान रोप्न व्यस्त छन् । चार रोपनी जग्गामा रोपाइँ जारी छ । थोरै जमिनबाट धेरै उत्पादन लिन पनि आफूले प्रत्येक वर्ष धानखेती गर्दै आएको उनले भने । स्थानीय सरकारबाट सहयोग नभएको गुनासो गर्दै उनले त्यसो भएमा उत्पादन बढाउन सहज हुने बताए ।

चैते धानबाट प्रशस्त आम्दानी हुने भएपछि आफूलगायत गाउँका अधिकांश किसानले चैते धान लगाउँदै आएको उनी बताउँछन् । वर्षमा दुई बाली धानखेती गर्ने स्थानीयवासीले बर्खेभन्दा चैते धानबाट धेरै आम्दानी गर्ने गहतेरा निवासी चूर्ण डाँगी बताउँछन् । चैते धान प्रवर्द्धन गर्न स्थानीय वा प्रदेश सरकारले अनुदानको व्यवस्था गर्नुपर्नेमा उनकोे जोड छ ।

कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका– १, बङ्गलाचुली गाउँपालिका–३ र ४ सँगै देउखुरीका केही स्थानमा चैते धानखेती हुने गरेको छ । जिल्लामा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धानखेती हुने गरेको छ ।

 

वि.सं.२०८१ वैशाख ११ मंगलवार १०:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...