back

यसरी रोक्न सकिन्छ युवा पलायन 

वि.सं.२०८१ वैशाख १२ बुधवार

765 

shares
RBB AD
NTC AD

प्रेमलकुमार खनाल
औषत वार्षिक १० लाख युवा कामको खोजीमा विदेशीन थाले। सरकार ,नीति निर्माता र राजनीतिक दलहरु अब पनि गंभीर नबन्ने हो भने देशमा युवा विहिन अवस्था हुनेछ । देश भित्र नै रोजगारीका अवसर श्रृजना गर्न र नेपालमा नै उधम व्यवसाय गरेर नै जीवन धान्न सकिन्छ भन्ने सुनिश्चित गर्न अब सरकारले यी विषयमा ध्यान दिनु पर्दछ ।

१– १२ कक्षा पढदै गरेका युवा विद्यार्र्थीलाई ५/६ महिना इन्टर्नसिप गराउने र इन्टर्नसिप पनि श्रम भएको हुदा न्यूनतम् पारिश्रमिकको व्यवस्था गराउने ,यसले उनीहरूलाई रोजगारी उधम गर्न प्रेरित गर्नेछ ।

२– स्नातक / स्नातकोत्तर गरेर मात्रै विदेश पढन जान ( पूर्ण छात्रवृत्ति पाएमा मात्रै ) सरकारले अनुमति दिने ।

३– युवा बेरोजगारहरुलाई घुम्ती सीप विकास तालिम स्थानीय तहमा नै प्रदान गर्ने, सीप तालिम लिने बित्तिकै स्वरोजगारी लघुउद्यम व्यवसाय संचालन गर्न सस्तो दरको २/३ प्रतिशतको कर्जा स्थानीयतहका सरकारको शिफारिसमा तत्काल उपलब्ध गराउने व्यवस्था गर्नु पर्दछ ।

४– उत्पादित वस्तुको बजार र मूल्यको सुनिश्चितता गर्न हरेक पालिका तथा वडा तहमा नै संघ सरकारको योजना तथा कार्यक्रममा तथा स्थानीय सरकारको व्यवस्थापनमा कृषि उपज सहकारी खरिदबिक्री केन्द्र (सरकारले १ वर्ष अगाडिको बजेट बक्तव्यमा समावेश गरेर तर चालु बर्षको बजेटबाट हटाएको यो कार्यक्रम) स्थापना गरि बजार र मूल्यको अनिश्चितता र विचौलिया राजको अन्त्य गर्ने सरकारको प्रतिबद्धताका साथ यो नीतिलाई राष्ट्रिय कार्यक्रमको रुपमा लागू गर्ने बित्तिकै हरेक गाउँ र वडा तहमा उत्पादन, उधम र रोजगारीमा संलग्न हुने वातावरण श्रृजना हुनेछ ।

५– हरेक पालिका\वडा तहको खेतीयोग्य बांझो जमिनको पहिचान गरि माटो परिक्षण गरेर उत्पादनका लागि लिजमा सहकारी समूहलाई जग्गा उपलब्ध गराउन स्थानीय सरकारले सहजीकरण गरिदिने र सहकारीमा आधारित पकेट खेतीबालीको आरम्भ गराउनु पर्दछ ।

६– किसानहरुलाई मल, बिउ, प्रविधि र प्राविधिक सेवा उपलब्ध गराउन १ पालिका १ /१ वटा कृषि सामाग्री, मलविउ विजन केन्द्र र प्राविधिक सेवाको शाखा खडा गरि दिएर सेवालाई सर्वसुलभ उपलब्ध गराउनु पर्दछ ।

७–सिंचाइ ,कृषि सडक निर्माणमा सरकारले विशेष जोड दिनु पर्दछ ।

८– कृषि जन्य मेघा उद्योग, कपास र कपडा उद्योग, रबर खेती र रबर उद्योग, कागज कारखाना, उखु खेती र चिनि कारखाना, जडिबुटी खेती र जडिबुटी ओैषधी कारखाना जस्ता उद्योगहरु खोलेर उत्पादन र रोजगारी बृद्दिमा सरकारले ध्यान दिनु पर्दछ ।

९– छिमेकी देश चीन र भारत तथा तेस्रो मुलुकमा निर्यात गर्न सकिने वस्तु र बजारको पहिचान गरि रोजगारी बृद्वि हुन सक्ने निर्यातमूलक उद्योग स्थापना गर्न सरकारले बिशेष ध्यान दिन पर्दछ ।

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...