back

राजविराजमा सुँगुर आतङ्क, नगरवासी हैरान

वि.सं.२०७४ वैशाख २६ मंगलवार

549 

shares

pig

२६ वैशाख, राजविराज । विगत लामो समयदेखि सप्तरीको सदरमुकाम राजविराज नगर क्षेत्रमा सुँगुर छाडा छोडिँदा नगरवासी हैरानी खेप्न बाध्य भएका छन् ।

करिब ६० बिगाहा क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकाभित्र सुँगुर छाडापनका कारण यहाँका सर्वसाधारण जनताले दैनिक दुःख पाउनुको साथै राजविराज नगरपालिकाले सँुगुर नियन्त्रण गर्नमा ध्यान नदिएकाले पनि नगरभित्रको मुख्य चोकमा सुँगुरले दिसा गर्ने र थुपारिएको फोहरमा मुखले खनेपछि ठाउँठाउँमा दुर्गन्ध फैलिने गरेको पाइएको स्थानीय सञ्जय चौधरीले बताउनुभयो ।

राजविराजको मुख्य चोकहरु – दर्शन चोक, गजेन्द्र चोक, महावीर चोक, अस्पताल चोक र हटिया लाइनसहितका मानिसको चहलपहल बढी हुने ठाउँमा जताततैबाट सुँगुर आएर दिसा गर्नाले झन् नगरमा दुर्गन्ध फैलिएको नगरवासीले गुनासो गरेका छन् ।

वर्षौंदेखि यत्रतत्र सुँगुरले नगरमा सर्वसाधारणलाई हैरान पार्दै यहाँ दुर्गन्ध फैलाउँदासमेत यसप्रति नगरपालिकाले कुनै ध्यान नदिएको नगरवासीको आरोप छ ।

सुँगुर पालकले सुँगुरलाई आफ्नो खोरमा नराखेकाले पनि राजविराजमा सुँगुर आतङ्क बढ्दै गएको सर्वसाधारणले गुनासो गरेका छन् ।

साथै, जहाँतहाँ सुगुरले फोहर गर्नाले नगरमा रोगको सङ्कमण समेत फैलिने सम्भवना देखिएको यहाँका बुद्धिजीवीको भनाइ छ ।

यसप्रति सम्बन्धित निकायले ध्यान नदिई सुँगुरबाट यहाँ दुर्गन्ध फैलिएर लामखुट्टेको सङ्ख्यामा वृद्धि हुँदा साँझ परेदेखि नै लामखुट्टेले टोक्ने गरेको राजविराज–४ का मुकेश यादवले बताउनुभयो ।

साथै, लामखुट्टेको टोकाइबाट मलेरियाजस्ता रोग लाग्न सक्ने बताइएको छ । राजविराजका गल्लीगल्लीमा बस्ने सर्वसाधारण जनतालाई मात्र नभई अधिकांश सरकारी कार्यालयमा समेत सुँगुर पसेर कामकाजका लागि आउने सेवाग्राहीलाई हैरान गर्ने गरेको एक सेवाग्राहीले गुनासो गरेका छन् ।

यसैबीच, राजविराज नगर क्षेत्रमा बढेको सुँगुर आतङ्कबारे सर्वसाधारण जनताबाट गुनासो पाइएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सुँगुर छडापनका कारण यहाँका जनताले भोग्नुपरेको समस्या नियन्त्रणका लागि सबैतिरबाट प्रयास भइरहेको जानकारी दिनुभयो । फाइल फोटो

वि.सं.२०७४ वैशाख २६ मंगलवार ०४:३५ मा प्रकाशित

Himalayan Life AD
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पाठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई...

मार्तडीमा आगलागी, करोडौँको क्षति

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।...

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल)...

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि...